बारबर्दियामा ८२ जनाद्वारा रक्तदान

नेपालगन्ज । “रक्तदान जीवनदान” भन्ने उद्देश्यका साथ आइतवार बर्दियाको जयनगरस्थित सदाशिव बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रक्तदान कार्यक्रम गरेको छ ।

बारबर्दिया नगरपालिका वडा नं-६ जयनगर र नेपाल स्वयंसेवी रक्तदाता समाज बारबर्दिया नगरपालिकाको संयुक्त आयोजना तथा लायन्स क्लब अफ मगरागाडी बर्दियाको सहयोगमा गरिएको रक्तदान कार्यक्रममा महिला, पुरुष गरी ८२ जनाले रक्तदान गरेका छन् ।

सो कार्यक्रममा बारबर्दिया नगरपालिकाकी उपप्रमुख रत्न कुमारी पाण्डे र सहकारी संस्थाका बुद्धि सागर भट्टराईले संयुक्त रुपमा प्रादेशिक रक्त संचार सेवा केन्द्र नेपालगन्जका प्राविधिक होमराज गिरीलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गर्नुभएको थियो । सो रक्तदान कार्यक्रममा बारबर्दिया नगरपालिकाकी उप–प्रमुख रत्न कुमारी पाण्डेले १ पिन्ट रगतदान गर्नुभएको थियो ।

सो रक्तदान कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दिया जिल्लाका सदस्य शंकर थारु, नेपाल रेडक्रस सोसाइटी उपशाखा बारबर्दियाका सभापति श्रीराम थारु लगायत आयोजक संस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

रक्तदान कार्यक्रममा प्रादेशिक रक्त सेवा केन्द्र नेपालगन्जका सोम प्रकाश सापकोटा, होमराज गिरी, सुनिल रत्गैया, बीरेन्द्र योगी, सञ्जय बढहीले प्राविधिकमा सहयोग गर्नुभएको थियो ।

Previous articleसंघ, संस्था दर्ता सम्बन्धि गृह मन्त्रालयसँग सूचना माग
Next articleमहावीर पुन र सरकारबीच सातबुँदे सहमति

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here