
नेपालगञ्ज । पूर्व राजा ज्ञानेन्द्र शाहले राजनीति नै सवैभन्दा उत्तम नीति भए पनि राजनीति दलका नेताहरु नीति र ब्यवस्था अनुसार चल्न नसकेको बताउनुभएको छ । ।
बुधबार नेपालगञ्जमा आयोजना गरिएको नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै पुर्व राजा शाहले राजनीतिक दलहरु नीति अनुसार चल्न नसक्दा देशमा आर्थिक संटक निम्तिएको बताउनुभयो । उहाँले राज परिवारले बनाएको भौतिक पूर्वाधारको समेत राजनीतिक दलहरुले संरक्षण गर्न नसकेको आरोप लगाउनुभयो ।
“हाम्रा पुर्वजले नै महेन्द्र राजमार्ग, पृथ्वी राजमार्ग, त्रिभुवन विश्वविद्यालय, महेन्द्र संस्कृति विश्वविद्यालय, भृकुट कागज उद्योग, महेन्द्र प्रकृति संरक्षण कोष, हेटौडा सिमेन्ट उद्योग, बुटवल धागो कारखाना लगायत स्थापना भएका हुन,” पूर्व राजा शाहले भन्नुभयो, “देशका विभिन्न स्थानमा स्थापना भएका उद्योग, कारखाना, सडक, विश्वविद्यालय जस्ता भौतिक संरचनाको राजनीतिक दलहरुले संरक्षण गर्न सकेका छैनन् ।”
समारोहमा पूर्व राजा शाहलाई दर्जनौ संघ संस्था तथा व्यक्तिहरुले नागरिक अभिनन्दन गरेका थिए ।





