
नेपालगञ्ज । नेपाल राष्ट्र बैंकको ६८ औं बार्षिक उत्सवका अवसरमा आयोजना गरिएको अन्तर बैंक फुटसल प्रतियोगताको उपाधी बिजेताका लागि आज फाईनल खेल हुँदैछ ।
नेपालगञ्जस्थित फुटसल मैदानमा फाईनल उपाधीका लागि लक्ष्मी बैंक र एस बि आई बैंकबीच फिडन्त हुने भएको हो । लक्ष्मीले सेमिफाईनल खेलमा राष्ट्रिय बाणिज्य बैंकलाई पराजित गरेको थियो ।
यस्तै एस बि आई बैंकले सेमिफाइनल खेलमा नबिल बैंकलाई हराउँदै फाईनल भिडन्तमा अघि बढेको भने पहिलो अन्तर बैंक प्रतियोगितामा एस बि आई फाईनल खेलमा कैलाश बिकास बैंक साविकको प्राईम बैंकसंग पराजित भएको थियो ।
आज हुने फाईनल खेलमा खेलाडीहरुको हौसला बढाउनका लागि राष्ट्र बैंकका डेपुटी गभर्नर डा.निलम ढुंगाना तिमिल्सेनाको समेत उपस्थिति हुने भएको छ । फाईनल प्रतिस्पर्धा साँझ ५ बजेदेखि शुरु हुनेछ ।





