
दैलेख । दैलेखमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको ज्यान गएको छ ।
दैलेखको नारायण नगरपालिका वडा नं-११ को भनभनेमा रहेको लोहोरे खोलामा डुबेर नौमुले गाउँपालिका वडा नं-८ चौराठाका १८ वर्षीय खगेन्द्र नेपालीको ज्यान गएको हो ।
आज (शनिबार) दिउँसो लोहोरे खोलामा पौडी खेल्न लाग्दा डुबेका नेपाली मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिनुभयो ।





