त्रिभुवन विश्वविद्यालयसंग सूचना माग

नेपालगञ्ज । महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्ज स्नातक तह कानून विषयका आशिंक विद्यार्थीले त्रिभुवन विश्वविद्यालयसंग सूचना माग गरेका छन । त्रिभुवन विश्वविद्यालयबाट सञ्चालन हुने कानून संकाय लगायत विभिन्न विषयको स्नातक तहको परिक्षाको प्रश्नपत्र अंग्रेजी भाषामा मात्र प्रश्नहरु किन सोध्ने गरिएको त्यसको कुनै नीति, कानून निर्देशिका छ छैन यदि छ भने त्यसको प्रमाणित प्रतिलिपी पाउँ भनेर सूचना माग गरिएको हो ।

नेपालको संविधान २०७२ को धारा २७ अनुसार विद्यार्थीहरुले परीक्षामा सहभागी विद्यार्थीहरुले उत्तरपुस्तिका नेपाली भाषामा लेख्ने व्यवस्था गरिएको भएपनि प्रश्न किन अंग्रेजी भाषामा मात्रै सोधिने गरेको ? नेपाली र अंग्रेजी दुबै भाषामा प्रश्न सोध्ने व्यवस्था किन नगरिएको हो, त्यसको जानकारी पाउँ ? परीक्षामा सहभागी हुने अधिकाँस विद्यार्थीहरुले भाषाका कारण प्रश्न पत्र नबुझेर लेख्न नसकेर असफल भईरहको अवस्थालाई विश्वविद्यालयले यस बारेको समस्या समाधान गर्नेतर्फ के योजना बनाएको छ ? त्यसको पुर्ण विवरण पाउँ, र छिमेकी देश भारतमा स्नाकोत्तर परीक्षाहरुमा समेत अंग्रेजी र हिन्दी भाषामा प्रश्नपत्र सोधिने प्रावधानहरु रहेपनि नेपालमा राष्ट्रिय भाषाको रुपमा रहेको नेपाली भाषालाई किन मान्यता नदिएको त्यसबारे पुर्ण जानकारी पाउँ ? लगायतको सूचना माग गरिएको छ ।

कानून संकायका आशिंक विद्यार्थीहरु राकेश कुमार मिश्र, सूर्यलाल यादव, तारा प्रसाद खत्री, धु्रबराज शर्मा, शंकर प्रसाद न्यौपाने, रविन्द्र कुमार ज्ञवाली, अञ्जना चौधरी, कविता मण्डल र सोमनाथ थारुले सयुक्त रुपमा आज आईतबार सूचना माग गर्नुभएको हो । विश्वविद्यालयबाट अहिले कानून संकायको दोस्रो वर्षको आशिंक परिक्षा आजदेखि शुरु भएको छ । आइतबार पहिलो दिन सार्वजनिक अन्र्तराष्ट्रिय कानून विषयको परीक्षा भएको छ ।

Previous articleहुलाकका प्रमुख पाण्डे नविन सोंच/इनोभेटिभ आइडिया प्रतिभा डबलीमा छनोट
Next articleनेपालगञ्जमा ठेलालाई नम्बर प्लेट र परिचय-पत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here