हुलाकका प्रमुख पाण्डे नविन सोंच/इनोभेटिभ आइडिया प्रतिभा डबलीमा छनोट

नेपालगञ्ज । जिल्ला हुलाक कार्यालय बाँकेका कार्यालय प्रमुख गोविन्द प्रसाद पाण्डे नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आयोजना गरेको नविन सोंच/इनोभेटिभ आइडिया सम्बन्धी प्रतिभा डवली कार्यक्रममा छनोट हुनुभएको छ ।

मन्त्रालयले राष्ट्रसेवक निजामती कर्मचारीको नीति तर्जुमामा सहयोग, नीति कार्यान्वयन, सेवा प्रवाह तथा विकास निर्माण लगायतका विषयमा कार्य सम्पादनको सिलसिलामा वा सोका अतिरिक्त आफुमा अन्तरनिहित प्रतिभा उजागर उत्तम नतिजा हांसिल गर्न प्रेरित गर्ने उद्देश्यले नविन सोंच/इनोभेटिभ आइडिया प्रतिभा डवली कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

मन्त्रालयले २०७९ चैत्र १ सार्वजनिक सूचना प्रकाशित गरेर राष्ट्रसेवक निजामती कर्मचारीहरुबाट अनलाइनमार्फत प्रतिभा डवलीका लागि नविन सोंच/इनोभेटिभ आइडिया संकलन गरेको थियो । सहभागी आइडिया मध्येबाट उच्च अंक प्राप्त गर्ने तीस जना सहभागीको प्रारम्भीक सूची सार्वजनिक गरेको छ । पाण्डेलाई यसअघि नेपाल सरकारले निजामती सेवा दिवस २०७९ को अवसरमा पचास हजार पुरस्कार राशीको निजामती सेवा पुरस्कार प्रदान गरेको थियो ।

पाण्डेले वाणिज्य कार्यालय नेपालगञ्जमा कार्यालय प्रमुख रहँदा सेवाग्राहीको सहजताका लागि सबै कामका लागि एउटै साझा निवेदन ढाँचाको विकास, विभिन्न नगरपालिकाहरुमा काम गर्दा रोजगारी तथा क्षमता विकास, हरियाली र सरसफाई तथा सार्वजनिक सरोकारका पूर्वाधार निर्माणमा समेत उल्लेखनिय भूमिका निर्वाह गरेको पाइन्छ ।

यस्तै संस्कृति जगेर्ना, साहित्य, लेखन तथा समाज सेवामा समेत पाण्डेको उल्लेखनिय संलग्नता रहेको छ । पाण्डे नैतिक मूल्य तथा सुशासन विषयमा नेपाल संस्कृत विश्व विद्यालयबाट विद्यावारिधी गरि रहनुभएको छ ।

Previous articleनरैनापुरमा विद्यालय नगएर शिक्षकले तलब लिएको खुलासा
Next articleत्रिभुवन विश्वविद्यालयसंग सूचना माग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here