
नेपालगञ्ज । जानकी गाउँपालिका वडा नं ३ का बिपन्न परिवारलाई लक्षित गरि एक महिने सिलाई कटाई तालिम संचालन गरिएको छ । बैशाख ७ गतेदेखि संचालित तालिमको बुधबार जनप्रतिनिधिले अनुगमन गरेका छन् ।
अनुगमनमा पुग्नुभएका वडाअध्यक्ष राजकुमार बर्माले यस तालिममार्फत बिपन्न महिलाहरुको आर्थिकस्तरमा सुधारमा सहयोग पुग्ने बताउनुभयो । मानिसले प्राप्त गर्ने सीप, जीवनको हरेक मोड र समयमा सहयोगीका रुपमा काम लाग्ने समेत वडाअध्यक्ष बर्माले बताउनुभयो ।
अनुगमनमा वडा सदस्य हुसेनी अहिर समेत रहनुभएको थियो । साथै अनुगमनकर्ताले सहभागिहरुलाई राम्रोसंग मन लगाएर सीप सिक्न समेत अनुरोध गरेका थिए ।
जानकी गाउँपालिका वडा नं ३ को आर्थिक सहयोगमा समृद्धि फाउण्डेशन नेपालले सो तालिम संचालन गरेको हो । तालिममा वडाको बिभिन्न ५ टोलका २१ जना महिलाहरुको सहभागिता रहेको संस्थाका अध्यक्ष महेश चौधरीले जानकारी दिनुभयो ।





