बाजुरामा भूकम्प

बाजुरा । बाजुराको बिछ्या केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ । बिहान ५ बजेर १५ मिनेट जाँदा ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि बाजुराकै बिछ्या केन्द्रविन्दु भएर यही वैशाख २३ गते ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको थियो ।

खानी तथा भूगर्भ विभागले हालसालै तयार पारेको भूकम्पीय जोखिम नक्सा (एसएचएम) मा पश्चिम नेपालमा लामो समयदेखि ठूलो भूकम्प नआएकाले त्यो क्षेत्रलाई पनि भूकम्पको बढी जोखिमयुक्त क्षेत्रको रूपमा औंल्याइएको छ ।

५०० वर्षदेखि ठूलो भूकम्प नगएकाले पश्चिम नेपाल बढी जोखिममा रहेको वरिष्ठ भूकम्पविद डा.लोकविजय अधिकारीले बताउनुभएको छ ।

Previous articleजानकी ३ मा एक महिने सिलाई कटाई तालिम, जनप्रतिनिधिद्धारा अनुगमन
Next articleपाकिस्तानका पूर्वप्रधानमन्त्री खानले गैरकानुनी रूपमा उपहार बेचेको ठहर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here