मधुवनको डाडागाउँ बस्तीमा आगलागी, आठ घर जलेर नष्ट

file photo

गुलरिया । बर्दियाको मधुवन नगरपालिका वडा नं-१ स्थित डाडागाउँ बस्तीमा आगलागी हुँदा आठ वटा घर जलेर नष्ट भएको छ ।

आज (बिहीवार) बेलुकी भएको आगलागीमा आठ घर जलेर नष्ट भएको र तीन वटा घरमा आंशिक क्षति भएको मधुवन नगरपालिका वडा नं-१ का वडाध्यक्ष मीनबहादुर थापाले जानकारी दिनुभयो ।

आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ । गौरी रोकायको घरमा बिजुली शट भएकोले आगो अनियन्त्रित भई अरू घर पनि जलेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

आगो निभाउन मधुवन नगरपालिका र गुलरिया नगरपालिकाको दमकलसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल भग्रैया र स्थानीयले प्रयास गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) हिक्मत बोहोराले जानकारी दिनुभयो ।

Previous articleसुर्खेतका सहायक जिल्ला वन अधिकृत मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा
Next articleठाकुरबाबा नेपालकै पहिलो पूर्ण हात धुने पालिका घोषणा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here