
बर्दिया । नेपालमा पनि बालबालिका सम्बन्धी ऐन, २०७५ ले १८ वर्ष उमेर समुहका ब्यक्तिलाई बालबालिका मानेको छ ।
यस उमेर समूहका बालबालिकालाई सक्षम उमेर समूहका वयस्कहरुले संरक्षण गर्नुपर्ने हुन्छ र उनीहरुको सर्वाङ्गिण विकासका लागि सहयोग पु¥याउनु पर्दछ ।
तर नेपालमा विभिन्न रुढीवादी सोच, विश्वास, हानी कारक सामाजिक अभ्यासले गर्दा बाल विवाह जस्तो अमानविय व्यवहार विद्यमान रहेको छ ।
यसले बालिकालाई शारीरिक र मानसिक जोखिममा पारेको पाईन्छ । बालविवाहले बालिकाहरुलाई शिक्षाको अधिकारबाट बञ्चित गरिरहेको छ । शारीरिक र मानसिक रुपमा कमोजर बनाएको छ ।
जसको परिणाम सामाजिक, साँस्कृतिक र आर्थिक रुपमा महिलाहरु पछाडि पारिएका छन् । नेपालको प्रचलित कानून मुलुकी फौजदारी संहिता, २०७४ ले बालविवाहलाई कानूनतः दण्डनीय मानेको छ ।
यसर्थ सामाजिक रुपमा निन्दनिय र कानूनी रुपमा दण्डनीय बाल विवाहलाई समाजबाट हटाउनु बालबालिकाको सर्वाङ्गिण विकासमा टेवा पु¥याउनु हो ।
महिलाको समाजमा सेवा, सुविधा तथा अवसरहरुको उपयोग र निर्णायक भूमिकामा सहभागिताको हिसाबले पिछडिएको तथा पछाडि पारिएको छ ।
बालबालिकाको अधिकारको लागि सरकारी तहबाट योजना, बार्षिक कार्यक्रम तथा बजेटको विनियोजन गरी विभिन्न कार्यक्रमहरु कार्यान्वयन भई रहेका छन भने गैह्र सरकारी तहमा यस प्रकारका कार्यक्रमहरु संचालन भई रहेको पाईन्छ ।
विभिन्न तालिम, गोष्ठी, संचालन हुने अन्य कार्यक्रमहरुमा बढ्दै गएको सक्रिय सहभागिताको कारणबाट विगतको तुलनामा कैयौं सुधार भई रहेको भएपनि अझै कैयौ समस्याहरु बिधमान छन् ।
यसका लागि किशोर किशोरी तथा युवाहरुको नेतृत्व विकास र बाल बिवाहको अवस्था हाम्रो समाज तथा समुदायमा अझैपनि भइरहेकोले बर्दिया जिल्लाका बारबर्दिया, मधुवन, ठाकुरवावा र गेरुवाका स्थानीय तहसँगको समन्वयमा तथा सहकार्यमा तथा प्लान इन्टरनेशनल नेपाल तथा भेरी वातावरणीय विशिष्टता समूह ९बी(ग्रुप० को साझेदारीमा टेलिथनः बालिका दुलही होइन परियोजना सन्चानल गरिएको छ ।
बाल बिवाह न्युनीकरणमा किशोर र किशोरीहरु तथा युवाहरुमा बाल विवाह बारे नियम, कानुन सम्बन्धी ज्ञानको अभिवृद्धि गरी बालबालिकाहरुका अधिकारबारे जनचेतना जगाउनका लागि परियोजना मार्फत २० वटा बिधालयमा अभिभावक सत्र संचालन गरिएको छ ।
उक्त सत्रमा अभिभावकहरुलाई बालमनोबिज्ञानमा आधारित सिकाइ, बालबालिकालाई असल, जिम्मेवार, सफल बनाउन अभिभावकले निभाउनुपर्ने भूमिका, घरायसी वातावरण र सामाजिक वातावरणले बालबालिकालाई पार्ने असर र त्यसबाट बचाउन अभिभावकले निभाउनुपर्ने भूमिका, बालबालिकाको रुची, क्षमता पहिचान लगायतका बारेमा जानकारी गराईएको छ ।
अभिभावकहरुलाई समय(समयमा विद्यालय गएर आफ्नो छोरा(छोरीको प्रगतिबारे शिक्षकहरूसँग परामर्श गर्न, उनीहरूको भावना बुझी आत्मविश्वास जगाउन, आफ्नो चाहनालाई जबरजसस्ती छोराछोरीमाथि नलाद्न, छोराछोरीको कुरा ध्यानपूर्वक सुनिदिनु पर्ने भुमिकाका बारेमा अभिभावकसँग अन्तरक्रिया तथा सत्रमा छलफल भएको थियो ।
ठाकुरवावा नगरपालिका वडा नं(८ की ४१ बर्षीया मथुरा थापा भन्नुहुन्छ ञअभिभावक शिक्षा सत्रमा सहभागी भएपछि बालबालिकालाई घरको घरायसी काम भन्दा उनीहरुलाई पढ्नका लागि समय तथा अवसर दिँदा पढ्ने बानीको बिकास हुने रहेछ भन्ने ज्ञान भएको छ ।झ
त्यस्तै ठाकुरबाबा वडा नं(६ की राम कुमारी थारू हरेक दिन विद्यालयबाट घर फर्किएपछि सरासर पढाइ कुना भएकै कोठामा गएर गृहकार्य गर्न लगाउने र घरमा अध्यानका लागि छुटै कोठामा सिकाइ कुना ब्यवस्थापन गर्ने बताउनुभयो ।
अभिभावक शिक्षाले बिधालयको पठन र घरमा बालबालिकाको हेरचाह तथा घरमा बुबाआमाले पनि नियमित पढे, नपढेको विषयमा सोधखोज गर्ने गरेको खण्डमा नियमित गृहकार्य गर्ने, पढ्ने बानीको विकास हुनाका साथै शैक्षिक सामग्रीको सुरक्षा र व्यक्तिगत सरसफाइमा निकै सुधार भएर जाने ठाकुरबाबा नगरपालिका(६ स्थित जनता आधारभुत विद्यालयका प्रधानाध्यापक मदन चुनाराले बताउनुभयो ।
अभिभावक शिक्षा परियोजना बिद्यालयका कक्षा ६ देखि कक्षा ८ सम्मका अभिभावकहरुको सहभागितामा बारबर्दिया नगरपालिकामा वडा न(५ मधुवन नगरपालिकामा वडा नं(५ ठाकुरबाबा नगरपालिकामा वडा न(५ तथा गेरुवा गाउपालिकामा वडा न(५ गरि जम्मा २० वटा बिधालयमा २० वटा अभिभावक शिक्षा अभिमुखीकरण कार्यक्रम भइरहेका छन् ।





