शिक्षक संगठनको २४ औ परिषद सम्पन्न, बिभिन्न व्यक्तित्व सम्मानित

नेपालगञ्ज । नेपाल राष्ट्रिय शिक्षक संगठन बाँककोे २४ औ जिल्ला परिषद सम्पन्न भएको छ । बैशाख ३० गते विविध कार्यक्रमसहित संगठनले आफ्नो जिल्ला परिषद सम्पन्न गरेको हो ।

नेपालगञ्जमा भएको जिल्ला परिषदमा प्रकाशन विभागद्धारा प्रकाशित हाम्रो जमर्को नामक स्मारिका समेत विमोचन गरिएको छ । शिक्षा क्षेत्रका बिभिन्न पदमा रहेर योगदान गर्ने महानुुभाव, बिद्यालय व्यवस्थापन समिति अध्यक्ष, बालबिकास शिक्षक, बिद्यालय कर्मचारी र मौलानालाई सम्मान गरिएको गरिएको थियो ।

साथै परिषदमा एस ईई परीक्षा २०७८ मा बाँके जिल्लाबाट उत्कृष्ट नतिजा प्राप्त गर्र्ने सामुुदायिक विद्यालयका छात्रहरुमध्ये धम्बेझी माध्यमिक बिद्यालयका अंश मिश्र र लाक्ष्मी मााध्यमिक बिद्यालय मदुुईकी छात्रा दुुर्गा देवकोटालाई बधाइ तथा शुुभकामनासहित सम्मान गरिएको थियो ।

कार्यक्रममा जनज्ञान ज्योती माध्यमिक बिद्यालयका अध्यक्ष खिमलाल शर्मा, ज्ञानोदय नमुुना मा.विका अध्यक्ष भिमसरा भण्डारी, प्रभात मा.वि.जि.गाउँ की बालबिकास शिक्षक गिता नेपाली र कालिका प्रा.वि जानकी ४ की कर्मचारी सुुदामा लोनिया सम्मानित हुुनुुभएको थियो । कार्यक्रममा विविध साँस्कृतिक कार्यक्रम, सांगठनिक, आर्थिक, र महिला विभागको प्रतिवेदन प्रस्तुुत गरि पारित गरिएको थियो ।संगठन बाँके अध्यक्ष रेखा धितालको अध्यक्षता र संगठनको राष्ट्रिय समितिका उप महासचिव एकदेव पन्थीको प्रमुुख आथित्यतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय समिति सदस्य बामदेव सुुबेदी, प्राज्ञ सदस्य महानन्द ढकाल, पुुर्व अध्यक्ष डम्बर राज सुुबेदीले शुुभकामना मन्तव्य प्रस्तुुत गर्नुुभएको थियो ।

संगठनका जिल्ला सचिव बाबुुराम अधिकारीले सञ्चालन गरेको कार्यक्रमा स्वागत मन्तव्य उपाध्यक्ष दिल बहादुुर खत्रीले गर्नुभएको थियो । बाँके जिल्लाका ८ वटै पालिकाको गाउँ नगर परिषद सम्पन्न गरि आयोजना गरिएको जिल्ला परिषदमा सबै पालिकाबाट २०० बढी शिक्षकको उपस्थिति रहेको थियो ।

नेपाल सरकारले बजेटमार्फत गरेको व्यवस्था तथा श्रम ऐन समेत बिरुद्ध बाँकेको डुुडुुवा गाउँपालिकाले बालबिकास शिक्षक तथा विद्यालय कर्मचारीलाई न्युुनतम तलब नदिएको कुुराको भत्र्सना गर्दै राष्ट्रिय रुपमा कुुरा उठाउने र नयाँ शिक्षा ऐनले मात्रै राहात, अनुुदान, बालबिकास, कर्मचारीका माग सम्बोधनको बाटो खोल्ने हुुँदा नेपाल राष्ट्रिय शिक्षक संगठन छिटो संघीय शिक्षा ऐन पारित हुुनुुपर्ने कुुरामा लागेको पन्थीले बताउनुुभयो ।

कार्यक्रममा मन्तव्य राख्ने संगठनका नेताहरुले शिक्षक संगठन पेशागत हकहितका साथै शैक्षिक गुुणस्तरमा समेत सजग रहनुु पर्ने भन्दै कक्षा कोठामा संगठन आबद्ध शिक्षक अब्बल हुुनै पर्र्ने कुुरामा जोड दिएका थिए ।

Previous articleदेवव्रतको ‘अश्वत्थामाको निधारबाट बागमती बग्छ’ सार्वजनिक
Next articleनगर पंचायत रुपैडिहाको अध्यक्षमा भाजपाका डा.उमाशंकर बैश्य निर्वाचित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here