
सन्तोष शुक्ल, रुपैडिहा । बहाराईच जिल्ला अन्तर्गत रहेको नगर पंचायत रुपैडिहाको अध्यक्षमा भारतीय जनता पार्टका उम्मेदवार डा.उमाशंकर बैश्य निर्वाचित हुनुभएको छ ।
कडाप्रतिस्पर्धाकाबीच नगर पंचायतको निर्वाचनमा पुर्व ग्राम प्रधान मोहम्मद जुबेर फारुकीलाई १५६ मतान्तरले पराजित गर्दै अध्यक्षमा बैश्य निर्वाचित हुनुभएको हो ।
डा.बैश्यले ४६५२ मत प्राप्त गर्नुभएको छ भने प्रतिद्धन्द्धी फारुकीले ४४९६ मत प्राप्त गर्नुभएको छ ।
नेपाल भारत सीमा रहेको भारतीय क्षेत्र रुपैडिहामै शनिबारदेखि शुरु भएको मत गणनामा भाजपाका उम्मेदवार डा.बैश्यले बिहानैदेखि मतान्तर बढाउनुभएको थियो ।





