चार दिनपछि परिवारले बुझे सुत्केरीको शव

दाङ। दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको सुत्केरीको शव चार दिनपछि परिवारले बुझेका छन् । आइतवार मृतक परिवार र प्रतिष्ठानबीच बसेको बैठकमा मृतकका सन्तानलाई निःशुल्क स्वास्थ्य उपलब्ध गराउने लगायतको सहमति भएपछि मृतक परिवारले आइतबार शव बुझेका हुन् ।

प्रतिष्ठानले मृतकका दुई सन्तानलाई १८ वर्षसम्म उपचार निःशुल्क गराउने र निःशुल्क शिक्षाका लागि उपमहानगरपालिकासँग समन्वय गर्ने भएपछि सहमति भएको प्रतिष्ठानका प्रवक्ता झंकार लामिछानेले बताउनुभयो ।

त्यस्तै घटनाको छानबिनका लागि समिति गठन गर्ने सहमति भएको भएको छ । घोराही उपमहानगर न्यायिक समितिका संयोजक हुमा डिसीको संयोजकत्वमा पाँच सदस्यीय छानबिनका समिति गठन गरिएको छ ।

घोराही उपमहानगरपालिका वडा नं–८ की २८ वर्षीया मधु बुढाथोकीको सुत्केरी गराउने क्रममा गत बिहिवार प्रतिष्ठानमा मृत्यु भएको थियो । घटनापछि मृतक परिवारले घटनाको अनुसन्धान हुनुपर्ने र क्षतिपूर्ति पाउनुपर्ने माग राख्दै आन्दोलन गर्दै आएका थिए ।

Previous articleमानवसेवा आश्रम संचालन गर्न नेपालगन्जमा मुठ्ठीदान संकलन
Next article‘संविधानले दिएको अधिकार उपयोगमा कानून बाधक’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here