´कमाउन थालेपछि पत्याउन थाले`

बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिकाकी युवा किशोरी पुजा थारु सिलाई कटाइको काम गरेरै परिवार खर्च टार्नुभएकाे छ ।

कुनै समय बर्दियामा खेती किसानी गर्ने पुजा अहिले भने सिलाई कटाइले आफ्नो जीवनस्तरमा सुधार आएको बताउँनुहुन्छ । उहाँले भन्नुभयाे, ‘पहिला त कसैले सहयोग माग्दा पनि पत्याउँदैनथे, अहिले कमाई भएपछि सबैले सम्मान गर्न थालेका छन् ।’

आफ्नो दुःखका कथा सुनाउँदै उहाँले थप्नुभयाे, घरमा बुवा आमाकोे कमाई थिएन, साहुले ऋण पनि पत्याउँदैनथे, अहिले सम्मानपूर्वक सबैले पत्याएका छन् । सबैभन्दा ठूलो आर्थिक रहेछ ।’

प्लान इन्टरनेशनल नेपाल तथा भेरी वातावरणीय विशिष्टिता समूह (बी-ग्रुप)को आर्थिक साझेदारी तथा ठाकुरबाबा नगरपालिकाको समन्वय सहकार्यमा बिगत १५ महिनादेखि बाल बिवाह न्युनिकरण परियोजना संचालनमा रहेको छ ।

उक्त परियोजना अन्तर्गत ठाकुरबाबा वडा नं-५ बनबरी बस्ने युवा किशोरी पुजा पछिल्लो समय आत्मनिर्भर हुने बाटोमा बढ्नु भएको छ । सामान्य खर्चका लागि समेत परिवारका पुरुष सदस्यको कमाईमा भर पर्दै आएकी पुजा यतिबेला आफ्नो खर्चको जोहो आफैँले गर्न थाल्नुभएकाे हाे ।महिला रोजगारीमा व्यस्त भएर आत्मनिर्भर हुन थालेपछि आर्थिक अभावका कारण उनीहरूले भोग्ने पीडामा कमी आउन थालेको छ ।

‘पहिला मेरो कुनै आम्दानी नै थिएन, घरखर्च चलाउन सधैँ वुवा आमासंग पैसा माग्नुपर्ने बाध्यता थियो, ’ठाकुरबाबा-५ की सिता थारुले भन्नुभयाे, ‘अहिले वुवाआमसंग खर्चको लागि पैसा माग्नु परेको छैन । घरखर्च र भाई बहिनी पढाउन पुग्ने कमाई म आफैँ गर्न थालेकी छु ।’

बी-ग्रुपले संचालन गरेको ६५ दिने तालिमपछि ठाकुरबाबा-५ बनबिरमा सिलाई कटाई पसल थाल्नुभएकाे छ । सिलाइकटाइ तालिमले उहाँलाई पैसा आउने बाटो मात्रै देखाएन, परिवार र भाई बहिनीको अध्यानलाई समेत सहयोग पुगेको छ ।

पैसा कमाउन थालेपछि पहिला के गर्न सक्छन भन्नेहरुले सम्मान गर्न थालेका छन् । परिवारको आर्थिक अवस्था कमजोर भएका युवा महिलाका लागि बी-ग्रुपले व्यावसायीक सीप सिकाउने र क्षमता अनुसारको काम दिन थालेपछि बर्दियाका १८ जना युवा महिला आर्थिक रूपमा आत्मनिर्भर बनेका छन् ।

आयआर्जनमा अघि बढेकी पुजाले आफैले संचालन गरेको सिलाई कटाई पसलमा अन्य युवा महिलालाई सिलाई कटाई तालिम सिकाउने प्रयासमा हुनुहुन्छ ।

पुजा भन्नुहुन्छ, ‘कुनै दिन घरमा बुवा आमासँग पैसा माग्दा डराउनुपर्थ्याे । किनकी घरमा कमाई थिएन । अब त वुवा आमा र छिमेकीले पनि सम्मान गर्छन्, गाउँलेको पनि व्यवहार फेरिएको छ ।’

पुजाले बैशाख महिनामा मात्र २९ जोडा बिभिन्न खालका लेहंगा, सर्ट पाइन्ट, कुर्ता सुरुवाल, म्याक्सी, पेटीकोट सिलाई गरि करिब ६२०० आम्दानी गर्नुभएकाे छ ।यस्तै ठाकुरबाबाबा-५ बनबिरकी २४ बर्षीया सीता थारूलाई कुनै समय बिहान-बेलुकाको छाक टार्न घरपरिवारको धौ-धौ थियो । वुवा रोजगारीका लागि नेपालका बिभिन्न स्थानमा ज्याला मजदुरी गर्न जाने र परिवारको जिबिकोपार्जन गर्नका लागि समेत कठिनाइ परेको थियो ।

तर, हिजोआज समाजमा सिता उदाहरणीय कामकाजी महिला बन्नुभएकाे छ । सीता भन्नुहुन्छ, सिलाई कटाईको काम पनि राम्रै छ, यसले गर्दा घरपरिवारको जीविका र भाई बहिनी पठाउनका लागि साहाराको रुपमा बनेको छ ।

´यसरी बिपन्न परिवारका हामीलाई छनौट गरि आय आर्जनकाे पेशामा आबद्वता गराउनुभयाे,` सिताले भन्नुभयाे, ´प्लान नेपाल र बि-ग्रुप बाँकेलाई धन्यवाद ।

बि-ग्रुपले बर्दियाको गेरुवा गाउँपालिका, मधुवन नगरपालिका, बारबर्दिया नगरपालिका र ठाकुरबाबाको समन्वय सहकार्यमा परियोजना मार्फत ५० जना युवा महिलाहरुका लागि आय-आर्जनमा सहयोग गरिएको छ ।

Previous articleनीति तथा कार्यक्रमका लागि जानकीलाई किशोर-किशोरीहरुले दिए सुझाव
Next articleमाध्यमिक बिद्यालय जोगागाउँमा चोरी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here