समूह निर्माणका लागि सरोकारवालसंग छलफल

नेपालगन्ज । बी-ग्रुप बाँकेको आयोजनामा बाँकेमा संचालित किशोर किशोरी प्रजनन स्वास्थ्य परियोजनाको सहयोगमा डुडुवा गाउँपालिकासँगको सहकार्यमा विद्यालय तथा समुदाय स्तरमा किशोर किशारी, किशोरी आमा तथा गर्भवती, अभिभावकहरुको समूह निर्माणका सरोकारवालसंग छलफल गरेकाे छ ।

डुडुवा गा.पा वडा नंं-१ होलिया र वडा नं-३ बनकट्टीमा विद्यालय तथा समुदाय स्तरमा समूह निर्माण ,वडा नं-४ कम्दी र २ बेतहनीमा किशोरी आमा तथा गर्भवतीहरुको समूह निर्माण, यसैगरि वडा नं-६ हिरमिनिया र वडा नं-५ कम्दीमा किशोरीहरुको बुवा तथा आमाहरुको समूह निर्माण गरि मासिक रुपमा समाजिक बिश्लेषण तथा कार्य बिषयमा छलफलका कक्षाहरु संचालन गरिने छ ।कार्यक्रममा वडा अध्यक्ष, शिक्षा शाखा प्रमुख, स्वास्थ्य शाखा प्रमुख, विद्यालयका प्रधानाध्यपक, किशोर किशोरी, बालबालिका, युवा, धार्मिक अगुवा, महिला स्वयमसेविका, अभिभावक तथा स्थानीय सरोकारवालको सहभागिता रहेको थियो ।

कार्यक्रममा वडा नं-५,३,६ र १ का वडा अध्यक्ष, स्वास्थ्य चौकी ईन्चार्ज, शिक्षा शाखा प्रमुख, स्वास्थ्य शाखा प्रमुख लगएत ले समूह निर्माणका लागि खुल्ला छलफल सत्रमा समुह गठन गर्दा सबै वर्ग तथा पछाडि पारिएको समुदायको अर्थपुर्ण सहभागिता हुने गरि समुह निर्माणका लागि सुझाव प्रदान गरेका थिए ।कार्यक्रममा बोल्दै डुडुवा गा.पा उपाध्यक्ष शाहिदा बानोले किशोर किशोरी प्रजनन स्वास्थ्य कार्यक्रमले समुदायका किशोर किशोरीहरुको क्षमता विकास भई समुदायका अभिभावकहरुमा समाजिक व्यवहार परिवर्तनमा विकास हुने कुरा बताउनुभयाे । कार्यक्रममा पालिकाबाट नियमित सहयोग र सहकार्य रहने कुरा प्रतिबद्धता जनाउनुभयाे ।

Previous articleश्रेया दुलालको हिन्दी गीत ‘हर जगह’ सार्वजनिक
Next articleशैक्षिक स्तर सुधार गर्न पालिकास्तरका सरोकारवालासंग समन्वयात्मक बैठक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here