शैक्षिक स्तर सुधार गर्न पालिकास्तरका सरोकारवालासंग समन्वयात्मक बैठक

बारबर्दिया । भेरी वातावरणीय विशिष्टता समूह (बि-ग्रुप) को बाँकेको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा बारबर्दिया नगरपालिकाको समन्वय तथा सहकार्यमा स्थानीय सरोकारवालासंग समन्वयात्मक बैठक गरिएको छ । पालिकामामा संचालित परियोजनाका क्रममा देखिएका चुनौतीका बारेमा पालिकास्तरीय सरोकारवालासंग समन्वयात्मक समिक्षा गरिएको हो ।

बैठकमा समुदायमा अझैपनि भागी बिवाह, बाल बिवाह, प्रजनन स्वास्थ्य, आर्थिक तथा सामाजिक कारणले बिधालय नजाने बालबालिका, बाल बिवाहपछि बिधालय छाड्ने उमेर समुह जस्ता जटिल समस्याहरु समुदायमा बिधामान अवस्थामा देखिएको र यस्ता चुनौतीहरुका बारेमा सहभागी बिषयगत शाखा प्रमुखहरुले आआफ्नो धारण राख्नु भएको थियो ।

चुनौतीको निराकरण गर्नका लागि बिधालयस्तरमा बाल बिवाहको बारेमा बिभिन्न खालका अन्तरक्रिया कार्यक्रम गर्ने, बालमैत्री तथा लैगिंकमैत्री आचारसंहिता निर्माण गर्ने, बिधालयको गुनासो सुनवाईको संयन्त्रलाई नियमित संचालनमा राख्ने, बाल संरक्षण नीति बिधालयस्तरमा यसको संरचना तयार गर्ने, बालमैत्री लैगिंकमैत्री भौतिक पुर्वाधारहरुको लागि संरचना तयार गर्ने, बाल बिवाह हुन नदिन उधमशिलता सम्बन्धि तालिम तथा सहयोगका कार्यक्रम संचालन गर्ने, बिधालय तहमा अभिभावक शिक्षा कार्यक्रम, बिधालयको प्राथाना समयमा बाल बिवाहपछि हुने समस्या तथा कानूनी प्रावधानबारे जानकारी गराउने, बाल बिवाह बारेमा समुदाय तथा बिधालय स्तरमा बाल क्लब, किशोरी क्लब गठन तथा पुर्न गठन गरि उनीहरुकै सहभागितामा बिभिन्न सचेतना मुलक कार्यक्रम संचालन गरिए बाल बिवाह तथा बालबालिकाको शैक्षिक सुधार हुने धारण राख्नु भएको थियो ।

सो क्रममा बारबर्दियामा यस बर्ष २० बर्षमुनिका ४३ जना बालिका प्रजनन स्वास्थ्यका साधनहरु प्रयोग गरिरहेको र ११५ जना महिला गर्भवती रहेको तथा उनीहरु स्वास्थ्य संस्थामा आउने गरेको स्वास्थ्य शाखा प्रमुखले डिल्लीराज शर्मा बताउनुभयो ।बि-ग्रुपले संचालन गरेको कार्यक्रम पालिकाको लक्ष्य उद्देश्य तथा आबश्यकताको आधारमा भएको र जुन उद्देश्यका साथ संस्थाले कार्यक्रम संचालन गरको छ सोही अनुसार उपलब्धीमुलक देखिएको तथा पालिकाको आवश्यकता तथा प्राथामकिता र दिगो बिकास लक्ष्य अन्तर्गत आगामी सन २०३० सम्ममा बाल बिवाह अन्त्य गर्ने योजना अनुसार पालिकाको कार्ययोजनामा बिभिन्न सामाजिक संघ संस्थासंग समन्वय र साझेदारी गरि अघि बढेको नगरप्रमुख छबिलाल थारु बताउनुभयो ।

बैठकका बाल बिवाहको क्षेत्रमा काम गर्ने संघ संस्था र बिषयगत शाखाको समन्वयमा मासिक रुपमा बैठक बस्ने र आगमी बर्षका लागि कार्यदल निर्माण गरि एकिकृत रुपमा कार्यक्रम संचालन गर्न, पालिकाको योजना तर्जुमा बैठकममा संघ संस्थाका पदाधिकारीलाई निमान्त्रणा गरि कार्यक्रम पेश गर्न अनुरोध गर्ने, पालिकाको नेतृत्वमा बाल बिवाहको सवालमा पैरवीलाई अगाडी बढाउने, संयुक्त रुपमा कार्यक्रमहरुमा समुदायस्तरमा कार्यक्रम संचालनका लागि पालिकास्तरबाट पैरवी गर्ने योजना बनाएको छ ।

बैठकमा बारबर्दिया नगरपालिकाका नगरप्रमुख थारु, उपप्रमुख रत्ना कुमारी पाण्डे, सााजिक बिकास समिति संयोजक, प्रमुख प्रशासकीय अधिकृत, बिषयगत शाखाका शाखा प्रमुख, बाल क्लब संजालका अध्यक्ष, वडघर संजालका प्रतिनिधि गरि करिब १८ जनाको सहभागिता रहेको बाल बिवाह न्युनिकरण परियोजना प्राबिधिक संयोजक लक्ष्मी प्रसाद शर्माले जानकारी दिनुभयो ।

Previous articleसमूह निर्माणका लागि सरोकारवालसंग छलफल
Next articleपत्रकार महासंघ बाँकेको नयाँ सदस्यता आवेदन खुला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here