
नेपालगञ्ज । नेपाल पत्रकार महासंघ बाँकेले नयाँ सदस्यता आवेदन खुला गरेको छ । महासंघ बाँकेको शुक्रबार बसेको कार्यसमिति बैठकले केन्द्रको परिपत्र अनुसार नयाँ सदस्यता आवेदन खुल्ला गर्ने निर्णय गरेको हो ।
पत्रकार महासंघको विधान अनुसार नयाँ सदस्यताका लागि १८ वर्ष उमेर पुगेका जिल्लामा क्रियाशिल पत्रकारहरुले आवेदन दिन सक्ने छन् । नयाँ सदस्यता आवेदन २०८० जेष्ठ १२ भित्र पेश गर्नुपर्ने महासंघ बाँके शाखाले निर्णय गरेको छ । नयाँ सदस्यता आवेदन पेश गर्ने पत्रकारले महासंघको वेबसाईट www.fnjnepal.org.np बाट आवेदन फारम डाउनलोड गरी भर्नुपर्नेछ ।
सो आवेदन फारमसंगै नेपाली नागरिकताको प्रतिलिपि, कार्यरत संचारमाध्यमका नियुक्ती पत्रको प्रतिलिपि, कार्यरत संस्थाको सिफारीस पत्र, हालसालै खिचेको पासपोर्ट साइजको फोटो दई प्रति, विगत दुई वर्षदेखि पत्रकारितामा क्रियाशिल रहेको विवरण खुल्ने कागज वा समाचार (प्रकाशन) प्रशारण भएको प्रमाण सहितको सामाग्री, नेपाल सरकारबाट मान्यता प्राप्त शैक्षिक संस्थाबाट न्यूनतम ंप्लस टु उत्तीर्ण शैक्षिक प्रमाणपत्रको प्रतिलिपि र आवेदन शुल्क रु एक हजार पछि फिर्ता नहुने गरी पेश गर्नुपर्ने महासंघले जनाएको छ ।





