
नेपालगञ्ज । अहिले देशको छबिलाई नैं धुमिल गराउने गरी नेपाली नागरिकलाई भुटानी शरणार्थी प्रकरणमा मुछिएका सम्पुर्ण व्यक्तिहरुलाई तत्काल पक्राउ गरी निष्पक्ष छानविन गर्न नेपाल सरकारसँग जोडदार माग गर्दैै प्रधानमन्त्री पुष्पकमल दाहाललाई २० जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत भ्रष्टाचार बिरुद्ध ज्ञापन पत्र बुझाईएको छ ।
नक्कली भुटानी शरनार्थी प्रकरणमा बहालवाला गृह सचिव, पूर्ब गृह मन्त्री, पूर्ब उप–प्रधानमन्त्री लगायतका हाई प्रोफाईल व्यक्तिहरुलाई पक्राउ गरी सरकारले भ्रष्टाचारबाट आजित आमनागरिकहरुमा आशाको सञ्चार गराएकोले उक्त कार्यको सम्मान गर्दै बिगत २२ बर्षदेखि भ्रष्टाचारबिरुद्ध खबरदारी गर्दै आएको संस्था बास नेपालले २० जिल्लामा रहेका आफ्ना शाखाहरुमार्फत सबै प्रमुख जिल्ला अधिकारीहरुलाई ज्ञापनपत्र बुझईएको हो ।
बिगतमा कैयौं भ्रष्टाचारका काण्डहरु घटेता पनि काण्डहरुका दोषीलाई कार्वाही नगरेरै गुपचुप बनाईएता पनि अपराधमा संलग्न कोही कसैलाई पनि कुनै पनि बाहनामा नछाड्न नागरिक समाजका तर्फबाट खवरदारी गर्दै बास नेपालकी केन्द्रीय अध्यक्ष लुना बुढाथोकीको नेतृत्वमा बाँकेका प्रमुख जिल्ला अधिकारी बिपिन आचार्यलाई लाई १० बुँदे भ्रष्टाचार बिरुद्ध ज्ञापनपत्र बुझाईएको छ ।
बास नेपालका तर्फबाट कार्यकारी निर्देशक नमस्कार शाह, केन्द्रीय उपाध्यक्ष शिव कुमार बर्मा, निवर्तमान अध्यक्ष रमेश सिटौला, पुर्व अध्यक्ष मन भण्डारी, केन्द्रीय सदस्य दिला शाह, केन्द्रीय सदस्य तपेन्द्र मलाती लगायतको सहभागीता रहेको थियो ।
पहिलो चरणमा बाँके लगायत चितवन, प्युठान, कालिकोट, हुम्ला, जुम्ला, मुगु, दैलेख, कन्चनपुर, अछाम, डढेल्धुरा, डोटी, गोर्खा, अर्घाखाँची, रुपन्देही, दाङ, जाजरकोट लगायतका जिल्लामा ज्ञापन पत्र बुझाईएको हो । बिभिन्न चरणमा सबै जिल्ला मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको बास नेपालले जनाएको छ ।
बास नेपाल चितवन शाखा अध्यक्ष मणीराज अधिकारी नेतृत्वमा चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र केसीलाई, प्युठान शाखा अध्यक्ष जुमान सिंङ केसीको नेतृत्वमा प्युठानका प्रमुख जिल्ला अधिकारी मदन कोईराला, कालिकोटका प्रमुख जिल्ला अधिकारी जोरा सिंह धामीलाई पूर्ब कर्णाली प्रदेश संयोजक रमेश परियारको नेतृत्वमा ज्ञापनपत्र बुझाईएको छ ।
त्यसैगरी हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी अमृत प्रशाद सुबेदीलाई बास नेपाल हुम्ला शाखा अध्यक्ष तिर्थ राज भण्डारी नेतृत्वको टिमले ज्ञापनपत्र बुझाएको छ भने बास जुम्ला शाखा अध्यक्ष अनिता नेपालीको नेतृत्वमा जुम्लाका प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरे, सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायण प्रशाद सापकोटालाई सुर्खेत शाखा अध्यक्ष भगवती बिसी र कर्णाली प्रदेश संयोजक धिरेन्द्र बहादुर शाहीको नेतृत्वमा टोलीले ज्ञापनपत्र बुझाएको छ भने उता मुगु शाखाका अध्यक्ष चिन बहादुर शाहीको नेतृत्वमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाईएको छ ।
बास दैलेखका अध्यक्ष हिक्मत बुढाको नेतृत्वमा दैलेखका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल, बास अछामका अध्यक्ष महेश जैशीको नेतृत्वमा अछामका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, बास कञ्चनपुरका अध्यक्ष पुस्करराज पन्तको नेतृत्वमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, बास नेपाल डढेल्धुरा शाखा अध्यक्ष अनुप बिक्रम मल्लको नेतृत्वमा डढेल्धुरा सहायक प्रमुख जिल्ला अधिकारी पुस्कर खड्कालाई ज्ञापन पत्र बुझाईएको छ ।
त्यसैगरी डोटी जिल्लाका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठलाई बास डोटीका अध्यक्ष सरिता कठायत, सुदुरपश्चिम प्रदेशका सचिव गणेश मौनीको नेतृत्वमा ज्ञापन पत्र बुझाईएको छ । गोर्खाका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषाललाई बास नेपालका गण्डकी प्रदेश संयोजक प्रकास कार्कीसहितको टोलीले ज्ञापनपत्र बुझाएकोछ । अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी मिना अर्याललाई बास अर्घाखाँचीका उपाध्यक्ष साबित्रा केसी नेतृत्वको टोलीले ज्ञापनपत्र बुझाएको छ ।
त्यसैगरी बास नेपालका केन्द्रीय सदस्य सिम्रत कौर, रुपन्देही शाखाका अध्यक्ष किशन कँडेलको नेतृत्वमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, दाङ शाखाका उपाध्यक्ष समिर वलीको नेतृतवमा दाङका प्रमुख जिल्ला अधिकारी सुशिल बैद्य, बास नेपाल कर्णाली प्रदेश सदस्य तथा जाजरकोट शाखाकी सदस्य शारदा पुनको नेतृत्वको टिमले जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई ज्ञापनपत्र बुझाएको छ ।





