
नेपालगन्ज । खजुरा क्षेत्रमा उछृङखल गतिविधि गर्ने तीन जना युवाहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
गत शुक्रबार ५ गते राती ११ बजेको समयमा खजुराका केही घर तथा सवारीहरूमा क्षति पुर्याउँदै मानिसहरूलाई धमक्याउँदै हिड्ने तीन जना युवाहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार सो कार्यमा संलग्न खजुरा गाउँपालिका वडा नं-३ का १९ वर्षीय मनिष शर्मा, १९ वर्षीय प्रशान्त जि.सी र वडा नं-४ का १९ वर्षीय हेमन्त विक पक्राउ परेका हुन ।
उनीहरूले मादक पदार्थ सेवन गरी खजुरा बजारदेखि ज्ञानोदय स्कुल शृजना टोलसम्म अटो रिक्सा-१, तेल बोकेको ट्याङ्कर-१, उईन्गर गाडी-१, जिप-१, बस-२ र ७ वटा घरको सिसामा ढुङ्गा हानी तोडफोड गरी स्थानीय व्यक्तिहरुलाई डर त्रास देखाई भाग्दै गरेका थिए ।
सोही समयमा अवस्थामा ईलाका प्रहरी कार्यालय धनौलीबाट प्रहरी निरीक्षक सन्दिप वेल्वासेको कामाण्डमा खटिई गएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको जनाईएको छ ।
उनीहरूले स्थानीयको करिब तीन लाख बढीको भौतिक सम्पत्तिमा क्षति पुर्याएकाे स्थानीयले बताए ।





