रारा बिजय सहकारीकाे स्पष्टाेक्ती : बाेनसकाे प्रलाेभनमा कसैलाई ठगेका छैनाैं

नेपालगन्ज । काेहलपुर नगरपालिका वडा न-११ स्थित रारा बिजय बहुउद्देश्यीय सहकारी संस्थाले विभिन्न सञ्चारमाध्यममा आफ्नाेबिरूद्व प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएकाे जनाएको छ ।

रारा बिजयले बाेनसकाे लाेभ देखाएर उपभोक्ता ठग्दै लगायत अन्य शिर्षकहरू राखेर विभिन्न सञ्चारमाध्यममार्फत प्रकाशित समाचार नियतबस लेखिएको भन्दै आफ्नाे ध्यानाकर्षण भएकाे जनाएको हाे ।

सहकारीले शनिबार एक बिज्ञप्ति जारी गर्दै समाचारमार्फत सार्वजनिक गरिएको कुरामा सत्यता नरहेकाे भन्दै पुर्व कर्माचारी र बचतकर्ताबीच भएकाे खाता संचालन प्रक्रियाकाे बिवादलाई लिएर उपभोक्तालाई भ्रमित पारिएको सहकारीका प्रबन्धक दिपक कुमार राईले स्पष्ट पार्नुभएकाे छ ।

प्रबन्धक राईले बचतकर्ताले खाेलेकाे खाताकाे स्वरूप र भुक्तानी माग नियम अनुसार नभएकाे कुरामा बचतकर्ताकाे बुझाईमा समस्याका कारण उपाभाेक्तालाई सहकारीले ठगेकाे भन्ने आराेप लगाईएकाे बताउनुभयाे ।

´यस संस्थाका पुर्व कर्मचारी बिगत केहि वर्षसम्म काम गर्दै आएको र साेही समयमा ३ वर्षकाे मुद्दती खाता खोलेको तथा सोही कर्मचारीले संस्थाको सफ्टवेयरमा पनि त्यसै अनुसार चढाउनु भएको थियाे ।

सबै काम भईसकेपछि खाताकाे पासबुक समेत बचतकर्ता मैना देवी शर्मालाई दिनुभएको र हाल उहाँ संस्था छाेड्नुभएकाे छ । संस्था छाेडेका कर्माचारीले बचतकर्तालाई बहकाई खाता खोलेको १३ महिनामा खाता बन्द गर्न आएको र सोही खाता बन्द गर्दा संस्थाले दिएको सेवा सुविधा काटि भुक्तानी गरिएकाे छ ।

उहाँले संस्थालाई असर पर्ने गरि भ्रम फैलाईएकाे जानकारी गराउन चाहन्छाैं । व्यक्तिगत रिसिविनका कारण नियतबस केहि व्यक्तिको मिलेमतोमा संस्था र व्यक्तिको चरित्र हत्या गर्ने मनसायले उक्त समाचार तयारी पार्न लगाइएको हामी हाम्रा सबै बचतकर्ता तथा शेयर सदस्यलाई सुचित गर्न चाहन्छाैं । साथै सत्य तथ्य बुझेर मात्र समाचार प्रकाशन तथा प्रशारण गर्न हुन सबै सञ्चारकर्मी ज्यूहरूमा हार्दिक अनुराेध गर्दछाैं ।

नोट कुनै पनि खबर छाप्दा सत्य तथ्य सवर नबुझी एकोहारी छापी पत्रकारीताको धर्म निभाइ दिन हुन अनुरोध गर्दछ ।` जारी बिज्ञप्तिमा उल्लेख छ ।

Previous article२९ औं वार्षिक उत्सवको अवसरमा महालक्ष्मी विकास बैंकद्वारा वित्तिय साक्षरता कार्यक्रम
Next articleखजुराका केही क्षेत्रमा ताेडफाेड गर्ने तीन युवा पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here