बिद्यालयको पहुँचमा ल्याउन बिद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिका वडा नं-१ स्थित श्री मैटहवा माध्यमिक बिद्यालय चन्द्रनगरका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरिएको छ ।

खजुरा गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको समन्वय सहकार्यमा सामाजिक सचेतन सरोकार मञ्च (स्याक) नेपालमार्फत सो बिद्यालयका बिद्यार्थीहरुलाई मंगलबार शैक्षिक सामाग्री बितरण गरिएको हो ।

प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा खजुरामा संचालित सिकाई परियोजनामार्फत बिद्यालयको शैक्षिकस्तर बृद्धि तथा पालिकाको शिक्षा स्तर माथि उकास्न बिभिन्न गतिबिधि संचालन गरिएको छ ।

सोही परियोजना अन्तर्गत बिद्यालय बाहिलर रहेका बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग गरिएको स्याकका सुपरभाईजर रज्जब अलि बागवानले जानकारी दिनुभयो ।

कक्षा १, २ र ३ कक्षाका बिद्यार्थीहरुलाई बिद्यालयको पहुँचमा ल्याउने प्रयास रहेको स्याकले जनाएको छ ।

Previous articleनरैनापुरको जमुनाहा गाउँमा आगलागी
Next articleदुई दर्जन कम्पनी कालो सूचीमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here