
नरैनापुर । बाँकेको नरैनापुर गाउँपालिकाको जमुनाहा गाउँमा आइतबार भिषण आगलागी भएको छ । नरैनापुर वडा नं-५ स्थित सो गाउँमा आइतबार दिउँसो भएको आगलागीबाट ११ जनाको घर जलेर नष्ट भएको छ ।
स्थानीय केशव यादवको गोठबाट सुरु भएको आगलागी अन्यको घर तथा घोठमा सल्केको देखिएको प्रहरी कार्यालय भगवानपुरका प्रहरी निरिक्षक राजन रायमाजीले जानकारी दिनुभयो ।
आगलागी नियन्त्रणका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी, गाउँपालिकाको दमकल, नेपालगञ्जको दमकल र स्थानीयहरू खटिएका थिए । दिउँसोबाट शुरु भएको आगो करिब ४ घण्टामा नियन्त्रणमा आएको छ । आगलागीले १७ लाख बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
घट्नाको जानकारी लगत्तै घट्नास्थल पुगेर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले जानकारी लिनुभएको छ ।








