खजुरा-३ का सबै बालबालिका बिद्यालयको पहुँचमा रहेको घोषणा

नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिका वडा नं-३ बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरिएको छ ।

खजुरा गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको समन्वय सहकार्यमा सामाजिक सचेतन सरोकार मञ्च (स्याक) नेपालमार्फत सो वडाका बिद्यार्थीहरुलाई बिहीबार एक समारोहकाबीच शैक्षिक सामाग्री बितरण गरिएको हो ।

प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा खजुरामा संचालित सिकाई परियोजनामार्फत बिद्यालय तथा समग्र पालिकाको शैक्षिक गुणस्तर बृद्धिका लागि बिभिन्न गतिबिधि संचालन गरेको छ ।

बिद्यालय प्रवेश गरेका नयाँ बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग गरिएको स्याकका सुपरभाईजर रज्जब अलि बागवानले जानकारी दिनुभयो । कक्षा १, २ र ३ कक्षाका बिद्यार्थीहरुलाई बिद्यालयको पहुँचमा ल्याउने प्रयास रहेको स्याकले जनाएको छ ।

यसैबीच खजुरा गाउँपालिकाको वडा नं ३ मा बिद्यालय उमेरका एक जना पनि बिद्यालय बाहिर नरहेको वडाका रुपमा घोषणा गरिएको छ । बिद्यालय जाने उमेरका कक्षा १ देखि ३ सम्मका बाहिर रहेका बालबालिकाहरुलाई बिद्यालयको पहुँचमा ल्याइएपछि बिहीबार एक समारोहकाबीच बिद्यालय बाहिर नरहेको वडाका रुपमा वडालाई घोषणा गरिएको हो ।

वडा नं ३ का वडा अध्यक्ष पूर्ण बहादुर भण्डारी, खजुरा गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खगेन्द्र बहादुर मल्ल, स्याक नेपालका प्रतिनिधि बिष्णु अधिकारी, बिद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ लगायतको उपस्थितिमा घोषणा गरिएको हो ।

Previous articleप्रज्वल र निरज बन्नुभयाे थाइल्यान्ड भ्रमण बिजेता
Next articleबालबालिकालाई तातो ‘हावा’ र ‘लु’ बाट यसरी जोगा‌औँ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here