प्रज्वल र निरज बन्नुभयाे थाइल्यान्ड भ्रमण बिजेता

काठमाडौं । जिओ मोबाइल स्टोरबाट मोबाइल खरिद गर्नुभएका प्रज्वल केसी र निरज कुशुवाह भाग्यशाली विजेता घोषित हुनुभएको छ ।

गत फागुन २१ देखि बैशाख मसान्तसम्म संचालनमा रहेको स्किम अवधिमा जिओ मोबाइल स्टोरबाट मोबाइल खरिद गर्ने सेवाग्राहीहरूमध्ये “लक्की ड्र’’ मार्फत दुई भाग्यशाली विजेतालाई थाइल्यान्ड भ्रमणको अवसर प्रदान गर्ने घोषणा गरिए अनुसार बुधबार सो नतिजा सार्वजनिक गरिएको थियो ।

सेवाग्राही केसी र कुशुवाहाले ४ रात र ५ दिनका लागि उपहार स्वरुप थाइल्यान्ड भ्रमणको अवसर प्राप्त गर्नुभएको हाे ।

युवा उद्यमीहरूको समूहद्वारा प्रवर्द्वन गरिएको जोय ग्रुपद्वारा संचालित जिओ मोबाइल नेपालकै व्यापारीक केन्द्र पाकोस्थित न्यूरोडको ताम्राकार कम्प्लेक्समा अवस्थित छ ।

सो विक्री केन्द्रमा समय समयमा सेवाग्राहीमुखी यस्ता स्किम सार्वजनिक गरिँदै आएको छ । यससँग सम्बन्धीत विस्तृत जानकारी केन्द्रको टिकटक पेजमा पोष्ट गरिन्छ ।

Previous articleखजुरा १ र २ का सबै बालबालिका बिद्यालयको पहुँचमा रहेको घोषणा
Next articleखजुरा-३ का सबै बालबालिका बिद्यालयको पहुँचमा रहेको घोषणा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here