
नेपालगञ्ज । भारतबाट अवैधरुपमा भित्र्याईएको ठुलो संख्यामा ब्रोइलर कुखुरा नियन्त्रणमा लिएर बाँके प्रहरीलाई बुझाइएको छ ।
कुखुरा व्यवसायी मञ्च बाँकेका अध्यक्षसहितको पदाधिकारीहरु र बाँके प्रहरीले नेपालगञ्ज र बर्दियाका बिभिन्न स्थानमा अनुगमन गरि करिव दुई सय तयारी ब्रोईलर कुखुरा नियन्त्रणमा लिई कारवाही गरिएको हो ।
नेपालगञ्जका बिभिन्न संकास्पद स्थानहरुमा छापा मार्दा उक्त कुखुरा तथा केहि व्यक्तिहरुसमेत पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ ।
कुखुरा व्यवसायी मञ्चका अध्यक्ष धर्मराज पोखरेलका अनुसार खुल्ला सिमा नाकाको फाईदा उठाउदै केहि भारतीय र केहि नेपाली मासु पसल संचालन गर्ने व्यक्तिले नेपालगञ्जमा दैनिक सयौंको संख्यामा भारतीय कुखुराको बिक्री वितरण गरिरहेको सूचनाको आधारमा नेपाल प्रहरी र व्यवसायी मञ्चका पदाधिकारीले संयुक्त रुपमा अुनुगमन गरेको वताउनुभयो ।
अनुगमनका क्रममा अबैध भारतीय कुखुरासहित नेपालगञ्जको गणेशमान चौकमा रहेको नेपाल फ्रेस हाउसका सलमान खान, भृकुटीनगरका सद्धाम हुसेन र नेपालञ्ज ९ का सुरेन्द्र चौधरीलाई मोटरसाईकलसहित पक्राउ गरि प्रहरीलाई बुझाईएको कुखुरा व्यवसायी मञ्चका अध्यक्ष पोखरेलले जानकारी दिनुभयो ।
यसैविच मञ्च बाँकेका अध्यक्षसहितको पदाधिकारीहरु तस्कारीहरुलाई आवश्यक कारवाहीको माग गर्दै निवेदन समेत दर्ता गरिएको छ । त्यस्तै सो बिषयमा बाँकेका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराईएको छ ।
प्रमुख जिल्ला अधिकारी बिपिन आचार्यले अनुगमन गरेको कार्यप्रति प्रशंशा गर्दै बाँके प्रशासनले सधै सहयोग गर्ने र अबैध भारतीय कुखुरा भित्र्याउनेलाई कारवाही गरिने बताउनुभएको छ ।





