बलात्कार जस्ता बढ्दाे अत्याचार बिरूद्व नेपालगन्जमा प्रदर्शन

बाँके । बलात्कार बिरुद्व आईतबार नेपालगंजमा युवाहरुले प्रदर्शन गरेका छन् ।

मुलुकमा बलात्कार जस्तो घटना दिनप्रति उच्च दरमा बढिरहेको हुँदा सरकारसंग फासीको माग सहित नेपालगंजका युवाहरु आईतवार सडकमा उत्रिएका हुन ।

उनीहरूले दिउँसाे २ बजे देखि नै जिल्ला प्रशासन कार्यालय अगाडी करिब १ घण्टा भन्दा बढी धर्ना दिएका छन् ।

साथै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई ९ बुंदेमाग सहित ज्ञापन पत्र समेत बुझाइएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै बालअधिकारकर्मी साहिल अन्सारीले बलात्कारीलाई फाँसीको माग सहित अपराध अनुसन्धान गैर-राजनीतिक हुनुपर्नेमा जोड दिनु भयो ।

अन्सारीले नेपालको संबिधानको भाग ३१ धारा २७४ बमोजिम सबिधान संसोधन गरि बलात्कारीलाइ मृत्युदण्डको कानुन बनाउनुपर्नेमा जोड दिनुभयाे ।

साथै सामजिक अभियान्ता बिमला श्रेष्ठले नारीमाथिको हिँसा र दमन रोक्नका लागि सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।

सामजिक अभियान्ता प्रकाश कुँवरले कार्यक्रममा यस्ता आन्दोलन र बिरोध कार्यक्रमलाई निरन्तरता दिई स्थानीय सरकारसंग अपराध नियन्त्रणका लागि अभियान सन्चालन गर्नुपर्ने जरुरि रहेको बताउनुभयाे ।

कार्यक्रममा नगर बाल संजालका अध्यक्ष अंकित मिश्र, सामजिक अभियान्ता अंकित श्रीवास्तव, बिधार्थी नेता सोएब अन्सारी लगाएतले सम्बाेधन गर्नुभएको थियोे ।

Previous articleपाँच मिनेटकाे फरकमा बाँकेमा शनिबार दुई जनाकाे मृत्यु
Next articleबाल विवाह नियन्त्रणका लागि दुई दिने कार्यशाला संचालन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here