उपचारात्मक शिक्षण विधि बारे शिक्षकहरुका लागि अभिमुखिकरण

बर्दिया । ठाकुरबाबा नगरपालिकाको भुरीगाउँमा उपचारात्मक शिक्षण विधिबारे शिक्षकहरुका लागि अभिमुखिकरण कार्यक्रम संचालन गरीएको छ ।

प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समुह (वि ग्रुप) बाँकेको आयोजना तथा ठाकुरबाबा नगरपालिकाको सहकार्यमा कार्यक्रम संचालन गरिएको हो ।

कार्यक्रममा विद्यालयमा अध्ययनरत शैक्षिक अवस्था कमजोर भएका बालबालिकाहरुका लागि पढाइलाई कसरी प्रभावकारी बनाउन सकिन्छ र सबै विद्यार्थीहरुलाई एकै तहमा ल्याउनका लागि कसरी शिक्षण गर्न सकिन्छ भन्ने विषयमा वृहत रुपमा छलपल तथा अन्र्तक्रिया गरिएको छ । पछिल्लो समयमा कोभिडका कारण विद्याथीहरुको पढाईमा केही मात्रामा असर परेको छ ।

बालबालिकाहरुका लागि समता र समानतामुलक नीति कायम गरी सबै बालबालिकाहरुमा समान शिक्षाको पहुच पुर्याउनका लागि शिक्षकहरुको भुमिका महत्वपुर्ण हुने भएकाले विशेष गरी सामाजिक, गणित, अंग्रेजी र विज्ञान विषयका शिक्षहरुलाई अभ्यास सहित अभिमुखिकरण तालिम संचालन गरिएको भेरी वातावरणीय विशिष्टता समुह (वि ग्रुप)बाँके कि फिल्ड सुपरभाइजर विमला रावतले जानकारी दिनुभयो ।कार्यक्रममा विभिन्न तहका विद्यार्थीहरुको समुह छनोट गरी विद्यार्थीहरुको क्षमता अनुुसारको शिक्षा प्रदान गर्नुपर्ने, शिक्षकले विद्याथीहरुको लागि सिकाईस्तर परीक्षण साधनको प्रयोग गरी प्रत्येक विद्यार्थीको नतिजा विश्लेषण गरी सिकाईस्तर पहिचान गर्ने विद्यार्थीको व्यक्तिगत क्षमता अनुकुल हुने गरी विषयगत लक्षित उपलब्धी आपुरण गर्दै निमित कक्षा संचालन, मुल्याकंन र मुल्याकंनपछि पुन सुधार योजना तय गरी योजनाबद्ध शिक्षण गर्ने, तथा विद्यार्थीको नियमितता प्रति सचेत र सक्रिय कार्य गर्नु पर्ने छलफलमा सहभागी शिक्षकहरुले जनाएका छन ।

नेपाल सरकारले कानुनी आधारमा आर्थिक वर्ष २०७९/८० कार्यान्वयन सुरु गरेको विद्यालय शिक्षा क्षेत्रमा योजनाले आपतकालिन अवस्थामा शिक्षण सिकाईको निरन्तरता सम्बन्धी विषयलाई मुख्य अन्तरसम्बन्धी सवालको रुपमा उल्लेख गरेको छ । कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामहरि रिजाल, शिक्षा शाखा प्रमुख सिता भण्डारी विभिन्न वडाका माध्यामिक, निम्न माध्यामिक विद्यालयका शिक्षकहरुको सहभागिता रहेको र कार्यक्रम संचालन ठाकुरबाबा नगरपालिकाका शिक्षा सुपरीवेक्षकद्धय नन्दराम अधिकारी र नवराज ढुङ्गानाले गर्नु भएको हो ।

त्यसैगरी (वि ग्रुप) बाँकेको तर्फबाट अध्यक्ष टेक बहादुर पुन, कार्यकारी निर्देशक डम्मर सुनार कार्यक्रम प्रबन्धक बिर्खराज उपाध्याय, प्राविधिक संयोजक लक्ष्मी प्रसाद शर्मा लगाएतको सहभागीता रहेको थियो भने कार्यक्रम ठाकुरबाबा नगरपालिकाका प्रमुख तिलकराम लम्साल र उपप्रमुख विनाकुमारी भट्टराईको सहभागीतामा सम्पन्न भएको हो ।

Previous articleविश्व रक्तदाता दिवसमा रक्तदान
Next articleमनसुन पूर्वतयारी तथा रेडक्रस उपशाखा व्यवस्थापनका लागि नेपालगन्जमा गोष्ठी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here