
नेपालगन्ज । नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजनामा उपशाखा व्यवस्थापन तथा मनसुन पूर्वतयारी गोष्ठी नेपालगंजमा सम्पन्न भएको छ ।
उपशाखा स्तरमा मनसुन पूर्वतयारी गर्ने, पालिका स्तरको स्थानीय विपद् व्यवस्थापन समितिमा रेडक्रसको संस्थागत सहभागिता, उपशाखाहरुले पालना गर्नुपर्ने वैधानिक दायित्व, रेडक्रसको दृष्यात्मक एकता, लेखा व्यवस्थापन, तातो हावाको लहर (लु) र जुनियर तथा युवा रेडक्रस गतिविधिको बारेमा छलफल भएको थियो ।
नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले रेडक्रसका मानवीय सेवा समुदायसम्म पुर्याउन उपशाखाहरुको महत्पूर्ण भूमिका रहेको बताउँदै संस्थागत विकासमा जोड दिनु भयो ।
कार्यक्रममा जिल्ला कार्यसमितिका पदाधिकारी, सदस्य, १७ उपशाखाका सभापति, सचिव एवं प्रतिनिधि र कर्मचारीहरुको सहभागिता रहेको थियो ।
नेरेसो बाँके शाखाका सभापति गोेवर्धन सिंंह सम्झनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपसभापति शान्ति श्रेष्ठले स्वागत मन्तव्य, मन्त्री अजीज अहमद सिद्धिकीले उपशाखाका प्रतिनिधिहरुले राखेको जिज्ञासाको सम्बोधन, जुनियर युवा समिति संयोजक यमनारायण महतोले जुनियर गतिविधि कार्यान्वयन, तातो हावाको लहरको बारेमा शाखाका उपनिर्देशक दोलखबहादुर डाँगी, बैधानिक दायित्व सम्बन्धमा बरिष्ठ संगठन विकास अधिकृत निरञ्जना मल्ल, मनसुन पूर्वतयारी र दृष्यात्मक एकता सम्बन्धी कार्यक्रम अधिकृत प्रहलाद विश्वकर्मा र लेखा सम्बन्धी जानकारी लेखा अधिकृत झवीलाल शर्माले प्रस्तुतीकरण गर्नु भएको थियो ।





