बाल विवाह नियन्त्रणका लागि दुई दिने कार्यशाला संचालन

बाँके । जिल्लामा बाल विवाह न्युनिकरणमा भुमिका निर्वाह गर्ने पत्रकारका लागि नेपालगन्जमा दुई दिने कार्यशाला संचालन गरिएको छ ।

जिल्लालाई बाल विवाहमुक्त बनाउन सामाजिक सचेतन सराेकार मञ्च (स्याक) नेपालले पत्रकारका लागि साेमबार र मंगलबार कार्यशाला संचालन गरेकाे हाे ।

जिल्लामा बाल विवाह राेकथाम परियाेजना अन्तर्गत बाँकेमा बाल विवाह न्युनिकरणकाे कार्यक्रम संचालन गरिरहेकाे छ ।

जिल्लाका रेडियाे तथा अनलाइन पाेर्टलका पत्रकार सहभागी कार्यक्रममा बाल विवाह न्युनिकरणका लागि पत्रकारकाे आवश्यकता तथ भुमिका, बालबालिकासंगकाे व्यवहार तथा बाल संरक्षणकाे माध्यमबाट समाचार लेख्दा अपनाउनु पर्ने आचारसंहिता लगायतका बिषयमा छलफल गरिने परियाेजना संयाेजक जगदिश थापाले जानकारी दिनुभयो ।

Previous articleबलात्कार जस्ता बढ्दाे अत्याचार बिरूद्व नेपालगन्जमा प्रदर्शन
Next articleट्राफिक व्यवस्थापन गर्न ´एक दिन एक अभियान`

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here