स्थापना दिवसमा बागेश्वरी मन्दिर क्षेत्रको सरसफाई

नेपालगञ्ज । रेडक्रस बाँके शाखाको स्थापना दिवसको अवसरमा नेपालगञ्जस्थित बागेश्री मन्दिर क्षेत्रको सरसफाई गरिएको छ । नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको ५६औं शाखा स्थापना दिवसको अवसरमा आइतबार बिहान मन्दिर परिसर क्षेत्रको सरसफाई गरिएको हो ।

आइतबार बिहान बागेश्वरी मन्दिर वरिपरि तथा पार्क क्षेत्रको सरसफाई गरिएको स्थानीय एव नेपालगञ्ज वडा नं-२ का पुर्व वडा अध्यक्ष सुनिल सिंह हमालले बताउनुभयो । सरसफाई कार्यक्रममा रेडक्रस बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झना, कार्यरत कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

सो क्रममा बोल्दै सभापति सम्झनाले बागेश्वरी मन्दिर व्यवस्थापन समितिले मन्दिर क्षेत्रको सरसफाई कार्यलाई नियमित र दिगो हुनुपर्नेमा ध्यान दिन आग्रह गर्नुभयो । पार्कको पुर्वतर्फ न्यूरोडका व्यापारीहरुले फाल्ने फोहोरको व्यवस्थापनमा पनि बिशेष भूमिका निर्वाह गरि यहाँको वातावरण स्वच्छ बनाउनुपर्नेमो जोड दिनुभएको थियो ।

Previous articleयोगेश मल्लको नेतृत्वमा लुम्बिनी प्रदेश मोर्डन पेन्टाथलोन संघ गठन
Next articleबिद्युत अनियमितता बिरुद्ध बितरण केन्द्र घेराउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here