
दाङ । योगेश मल्लको नेतृत्वमा लुम्बिनी प्रदेश मोर्डन पेन्टाथलोन संघ गठन गरिएको छ ।
१३ जना सदस्यीय संघको उपाध्यक्षमा दिप बस्नेत र शिवलाल भट्टराई, महासचिवमा करूणा शाह, सचिवमा प्रणिल भुसाल, कोषाअध्यक्षमा रमेश महरा चयन हुनुभएको छ ।
यस्तै सदस्यहरू ऋषिराज लहरे (अरूण), बसन्त गिरी, टेक नारायण टण्डन, बिकास गौतम, दिपक अधिकारी, भुपेन्द खड्का र प्रधुम्न मान श्रेष्ठ चयन हुनुभएको छ ।
लुम्बिनी प्रदेश मोर्डन पेन्टाथलोन संघका केन्द्रीय अध्यक्ष राजेन्द्र श्रेष्ठको अध्यक्षता एवं प्रदेश खेलकुद परिषद, लुम्बिनीका सदस्य सचिव जय प्रकाश भट्टको प्रमुख आथित्यतामा प्रदेशस्तरीय संघ गठन गरिएको हो ।





