‘रअ’ का नयाँ प्रमुख रवि सिन्हा को हुन् ?

एजेन्सी । भारतीय पुलिस सेवा (आइपिएस) का वरिष्ठ अधिकारी रवि सिन्हालाई सोमबार भारतको गुप्तचर एजेन्सी रिसर्च एन्ड एनालिसिस विङ (रअ) को नयाँ प्रमुखको रूपमा नियुक्त गरिएको छ ।

छत्तिसगढ क्याडरको १९८८ ब्याचका भारतीय पुलिस सेवा (आइपिएस) अधिकारी सिन्हा हाल मन्त्रीमण्डल सचिवालयमा विशेष सचिवको रूपमा कार्यरत छन् । मन्त्रीमण्डलको नियुक्ति समितिले ५९ वर्षका सिन्हालाई दुई वर्षको कार्यकालको नियुक्तिका लागि मन्जुरी दिएको छ । सिन्हालाई गोप्य जानकारी जुटाउन उत्कृष्ट प्रविधि समावेश गर्नमा श्रेय दिइन्छ ।

३० जूनमा वर्तमान रअ प्रमुखको कार्यकाल पूरा हुँदै
सिन्हाले सामन्त कुमार गोयलको स्थानमा नियुक्ति पाएका छन् । उनको कार्यकाल ३० जून, २०२३ मा पूरा हुँदै छ । सामन्त गोयल पन्जाब क्याडरका आइपिएस हुन् । सामन्त गोयलको कार्यकालमा नै पाकिस्तानको बालाकोटमा एयरस्ट्राइक गरिएको थियो । यसका साथै जम्मू कश्मिरबाट अनुच्छेद ३७० लाई हटाइएको थियो ।

बिहारको भोजपुर जिल्लाका हुन् आइपिएस रवि सिन्हा
रवि सिन्हा विहारको भोजपुर जिल्लाका हुन् । रवि दिल्लीको सेन्ट स्टिफेन्स कलेजमा पढेका थिए । उनले सन् १९८८ मा युपीएससीको परीक्षा पास गरेका थिए र त्यसपछि उनले भारतीय पुलिस सेवाको अधिकारीको रूपमा मध्य प्रदेशको क्याडर पाए ।

तर सन् २००० मा तत्कालीन अटल बिहारी वाजपेयीको सरकारले मध्य प्रदेशको आदिवासी बहुल इलाकालाई काटेर छत्तिसगढ राज्यको निर्माण गरेपछि सिन्हा प्राविधिक रूपमा छत्तिसगढ क्याडर गएका थिए ।

रवि सिन्हालाई लो प्रोफाइल बस्न मनपर्छ
रवि सिन्हालाई लो प्रोफाइलमा बस्न मनपर्छ भन्ने गरिन्छ । रविले गोप्य जानकारी जुटाउनका लागि आधुनिक प्रविधिको प्रयोग गर्छन् । रअको कमान सम्हालेपछि उनले इन्टिग्रेटेड टेक्नोलोजी र ह्युमन इन्टेलिजेन्सलाई साथमा लिएर काम गर्नेछन् ।

Previous articleउत्तम आख्यान पुरस्कार’को अन्तिम सूचिमा ‘अँध्यारो बस्तीकी नायिका’
Next articleविद्यालयमा तातो हावाको लहर (लु) बारे अभिमुखीकरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here