अतिरिक्त हुलाकका कर्मचारी आन्दोलित, बिभाग समेत घेर्ने

नेपालगञ्ज । बाँकेमा अतिरिक्त हुलाकका कर्मचारीहरु आन्दोलित भएका छन् । सरकारले घोषणा गरेको अतिरिक्त हुलाक खारेजी प्रक्रिया फिर्ताको माग गर्दै कर्मचारीहरुले आन्दोलन शुरु गरेका हुन । उनीहरुले आन्दोलनसंगै जिल्ला हुलाक कार्यालयको कालो पट्टी बाँधेर गेटमा धर्ना दिएका छन् ।

नेपाल सरकारको मिति २०८० जेष्ठ १५ गतेको प्रस्तुत वजेट भाषणमा अतिरिक्त हुलाक कायालय खारेज गरिने निर्णयप्रति अुहमति जनाउँदै आन्दोलन शुरु गरिएको कर्मचारी एशोसिएशन बाँकेका अध्यक्ष शंखीलाल थारुले जानकारी दिनुभयो ।

कर्मचारी एशोसिएशनले यसअघि बिरोध स्वरुप खारेजी प्रक्रियाप्रति असहमति जनाउँदै ध्यानाकर्षण पत्र बुझाएपनि सो बिषयमा सरकारले बेवास्ता गरेपछि आन्दोलन थालिएको जनाएको छ । साथै कर्मचारीहरुले जिल्ला प्रशासन कार्यालय बाँकेमा समेत ध्यानाकर्षण पत्र बुझाएका छन् ।

सरकारले घोषणा गरेको निर्णयप्रति नेपाल अतिरिक्त हुलाक कर्मचारी एशोसिएशन बाँकेले गम्भीर आपत्ती जनाउँदै नेपालको सन्दर्भमा अत्यावश्यक हुलाक सेवाप्रति सरकारले बिभेद गरेकोले घोषणा बिरुद्ध संघर्ष गर्नुपर्ने परेको भन्दै असार ४ गतेबाट कर्यालयले प्रदान गर्ने सम्पूर्ण सेवाहरु ठप्प पार्ने निष्कर्षमा पुगेका छौं । सो पत्रमा उल्लेख छ ।

उनीहरुले अतिरिक्त हुलाक खारेजको निर्णय तत्काल फिर्ता गर्नुपर्ने, अतिरिक्त हुलाकमा लामो समयदेखि कार्यरत कर्मचारीहरुको रोजगारी खोस्न नपाइने, हुलाकको संरचना खारेज नभएर यसको सेवाको पुनःसंरचना गर्न, राजीनामा दिई सेवाबाट नियमित रुपमा अवकाश पाएका वा हुने कर्मचारीहरुको सेवा अवधिको आधारमा सेवा सुबिधा सुनिश्चित गर्नुपर्ने माग राखेका छन् ।

आन्दोलनलाई थप शशक्त बनाउँदै असार ५ गतेदेखि ९ गतेसम्म अतिरिक्त हुलाकका सेवाहरु ठप्प पारी बिरोधलाई निरन्तरता दिने, इलाका हुलाक तथा जिल्ला हुलाक कार्यालयमा कालो पट्टी बाँधेर शान्तिपूर्ण धर्ना दिने, असार १० गतेदेखि अतिरिक्त हुलाक, इलाका तथा जिल्ला हुलाक कार्यालयहरुमा माग पुरा नभएसम्म बिरोध प्रदर्शनका साथै कामकाज ठप्प पार्ने, तालाबन्दी गर्ने र सो चरणको आन्दोलन सकिदासम्म पनि सरकारले माग पूरा नगरे हुलाक सेवा बिभागमा धर्ना दिने कार्यक्रमहरु सार्वजनिक गरेका छन् ।

Previous articleगाडी दुर्घटनामा घाइते सुदूरपश्चिमका कानूनमन्त्री सिंहको निधन
Next articleब्रिटिस काउन्सिलले माग्यो ‘आईईएलटीएस प्राइज’का लागि आवेदन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here