
नेपालगञ्ज । ब्रिटिस काउन्सिलले पूर्वी र दक्षिण एसियामा ब्रिटिस काउन्सिल आईईएलटीएस प्राइज २०२३ का लागि आवेदन खुला गरेको छ । यो प्रतियोगिताले आई ईएल टीएसको परीक्षा दिनेलाई अंग्रेजी बोल्ने विश्वविद्यालयमा शिक्षण शुल्कतर्फ ५ हजार पाउण्डसम्मको पुरस्कार दिने बताइएको छ ।
काउन्सिलल प्रेस वक्तव्य जारी गर्दै यस वर्ष आईईएलटीएस प्राइज चीन, जापान, हङकङ, इन्डोनेसिया, मलेसिया, फिलिपिन्स, सिंगापुर, ताइवान, थाइल्यान्ड, भियतनाम, बंगलादेश, पाकिस्तान, नेपाल र श्रीलंकामा बसोबास गर्ने परीक्षार्थीका लागि खुला गरिएको जानकारी दिएको छ।
आई ईएल टीएसमार्फत स्थानीय वा विदेशमा स्नातक वा स्नातकोत्तर अध्ययनका लागि आवेदन दिएका विद्यार्थीका लागि यो अवसर रहेको बताइएको छ।
आवेदन आगामी सेप्टेम्बर १५ सम्म दिन मिल्ने बताइएको छ ।
प्रत्येक देशमा रहेका प्रतिस्पर्धात्मक आवेदन प्रक्रियामार्फत तीनजना प्रतियोगी छानिने ब्रिटिस काउन्सिलले जनाएको छ ।
ब्रिटिस काउन्सिल नेपालका परीक्षा महाप्रबन्धक म्याक्सिम राइमनका अनुसार आई ईएल टीएसको पुरस्कार पाउने विजेताहरूले विदेशमा आफ्नो अध्ययन सकाएर आफ्नो देशका समुदायमा ज्ञान फैलाउन बिश्वास छ ।





