
मानपुर । बाँकेको जानकी गाउँपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । बिहीबार भएको १४औं गाउँसभामा आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो ।
यससंगै गाउँपालिकाले ४६ करोडको बजेट ल्याएको छ । आगामी आर्थिक बर्ष २०८०/८१ का लागि ४६ करोड १० लाख ८९ हजार ६१६ रुपैयाँको बजेट ल्याएको हो ।
जसमा सबैभन्दा बढी बजेट शिक्षा क्षेत्रको बजेट रहेको छ । शिक्षामा १४ करोड ७४ लाख रुपैयाँ छुट्याइएको छ । यस्तै स्वास्थ्यतर्फ ५ करोड ५८ लाख बजेट विनियोजन गरिएको छ ।
गाउँपालिका उपाध्यक्ष रामप्यारी यादवले बजेट प्रस्तुत गर्नुभएको बजेटमा सामाजिक विकासतर्फ कुल २० करोड ४७ लाख रुपैयाँ विनियोजन गरिएको छ । आर्थिक विकासतर्फ जानकीले १ करोड ६९ लाख पचास हजार रुपैयाँ विनियोजन गरेको छ ।
आर्थिक विकासतर्फ कृषि शाखाका लागि ४१ लाख ५० हजार रुपैयाँ छुट्याइएको छ । यस्तै पूर्वाधार विकासतर्फ १२ करोड ९१ लाख, वन वातावरण तथा विपततर्फ छब्बिस लाख र सुशासन तथा संस्थागत क्षमता विकासतर्फ १० करोड ७७ लाख रुपैयाँ विनियोजन गरिएको छ ।





