‘लागुऔषध नियन्त्रण गर्न प्रहरी र स्थानीयबीच समन्वयको आवश्यक्ता’

नेपालगञ्ज । नेपालगन्ज उपमहानगरपालिका वडा न-७ मा लागुऔषध नियन्त्रण गर्न प्रहरी र स्थानीय नागरिकबीच अझै बढी सहकार्य र समन्वयमा जोड दिईएको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा न-७ को आर्थिक सहयोगमा साहारा हाउस नेपालगन्जको आयोजनामा सरोकारवालाबीचको अन्तरक्रियामा सो कुरामा जोड दिईएको हो ।

नेपालगन्ज-७ का वडा अध्यक्ष प्रशान्त श्रेष्ठले लागुऔषध रोक्न नेपाल र भारतका सम्बन्धित निकाय लगायत संघसंस्थाले अझै गम्भीर भएर लाग्नु पर्ने आवश्यकता औल्याउनुभयो । उहाँले समुदायमा र विद्यालय तहमा सचेतनामुलक कार्यक्रममा पनि विषेश जोड दिनुपर्ने बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी निरिक्षक नरेश विकले लागुऔषधको प्रयोगकर्ता बढ्नुको कारण निकै दुःखद भएको बताउँदै यस्ता अपराधिक कार्य रोकथाम गर्नका लागि समन्वय तथा सहकार्य गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा वडा सदस्यहरु लगायत अन्य विभिन्न संघसंस्थाका प्रतिनिधि र पत्रकारहरुको पनि सहभागिता रहेको थियो । साहारा हाउसका कार्यकारी निर्देशक अभिराज क्षेत्रीले लागुऔषध नियन्त्रणमा साहारा हाउस बाँके जिल्लामा सक्रिय भई लागेको बताउनुभयो ।

Previous articleनरैनापुरमा पाठेघरको क्यान्सर परीक्षण सम्बन्धी शिविर सम्पन्न
Next articleथोरै लगानीमा भविष्य खोज्दै नेपालगञ्जका युवा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here