हेण्ड बासिङ स्टेशन हस्तान्तरण

बारबार्दिया । नेपालको संबिधान-२०७२ ले खानेपानी तथा सरसफाइलाई मौलिक अधिकारको रुपमा प्रत्याभूत गरको छ । बिगतको तुलनामा हाल सरसफाइको दायरा फराकिलो भएको छ ।

हाल सरसफाइ बहुआयामिक बिषयको रुपमा स्थापित भएको छ । सरसफाइलाई मान, इज्जत प्रतिष्ठा र बिकास निर्माण, जनजिविका, सामाजिक सशक्तिकरण, बिकास र समृद्धिको आधारको रुपमा लिन थालिएको छ ।

नेपाल सरकारले बैशाख २०७४ मा पूर्ण सरसफाइ मार्गदर्शन-२०७३ जारी गरेको छ । मार्गदर्शनमा सन्-२०३० सम्म नेपाललाई पूर्ण सरसफाइ उन्मखु राष्ट्र बनाउने लक्ष्य लिइएको छ ।

सन २०३० सम्ममा देशलाई दिगो सरसफाइ उन्मखु गर्ने लक्ष्यलाई साकार पार्न र बिद्यालयस्तरमा बालबालिकाहरुको सरसफाइमा समान पहुँचका लागि परियोजनामार्फत सामाजिक संघ संस्थाहरुले बिभिन्न कृयाकलाप संचालन गरेको देखिन्छ ।

बर्दियामा भेरी बातावरणीय बिशिष्टता समूह बि-ग्रुप तथा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा संचालित बाल बिवाह परियोजना संचालन भएको र बालबालिकाको जोखिम कम गर्नका लागि संस्थाले बिभिन्न खालका कृयाकलापहरु संचालन गरिरहेको छ ।

यसै सन्दर्भमा बारबर्दिया नगरपालिकाको समन्वयमा वडा नं-५ बनधुस्रिमा रहेको श्री जनशक्ति आधारभुत बिद्यालयमा सरसफाई तथा शुद्द खानेपानीका लागि हातधुत स्थान (हेण्ड वासिंग स्टेशन) निर्माण गरि बारबर्दियाकी उपप्रमुख रत्ना कुमारी पाण्डेले उद्घाटन गरि बिद्यालयलाइ हस्तान्तरण गरिएको छ ।

उद्घाटन हस्तान्तरण कार्यक्रममा नगर उपप्रमुख पाण्डेले स्थानीय सरकारको मुख्य दायीत्व भएतापनि बि ग्रुपले स्थानीय सरकार पुग्न नसकोको र अति आवश्यक भएको ठाउँमा बारबर्दिया नगरपालिकासंग समन्वय तथा साझेदारीमा बाल बिवाहको जोखिम कम गर्न र बालमैत्री लैगिकमैत्री शैक्षिक बातावारण निर्माण गर्नका लागि महत्वपुर्ण भूमिका निर्वाह गरिरहेकोले सस्था तथा सस्थासंग जोडिएका कर्मचारीहरुलाई बिषेश धन्यबाद दिनुभयो ।पालिकाभित्रका सामुदायिक बिद्यलयमा बालमैत्री शैक्षिक बिकासका गर्न यस आ.व.२०८०/०८१ नीति तथा कार्यक्रममा बजेटको व्यवस्था गरि बाल बिवाह न्युनिकरणका लागि योजना बनाएको छ ।

कार्यक्रममा सहभागीहरुलाइ संस्थाका कार्यक्रम प्रबन्धक बिर्खराज उपाध्यायले स्वागत गर्दै बालबिवाह न्यूनिकरण परियोजनामार्फत बालिकाहरुको शैक्षिक कृयाकलापमा सहभागीता तथा उनीहरुको सहभागीता गराउँदै पालिका स्तरको नीति निर्माण कार्यमा संस्थाले पालिकासंगको साझेदारीमा पैरवी गरिएको बताउनुभयो ।

यसका साथै बाल बिवाह सबै पक्षको साझा मुद्दाका रुपमा रहेको भन्दै यसको न्युनिकरण गर्नका लागि बिद्यालयको वृहत्तर योजनामा सबै पक्षले ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रममा बारबर्दिया नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रा.स.खुमराज काप्ले, वडा नं-५ का वडा अध्यक्ष लाल बहादुर चौधरी, बिधालय व्यवस्थापन समितिका, शिक्षक अभिभावक संघका, अध्यक्ष एवम पदाधिकारी, शिक्षक, बिधार्थि लगायतको सहभागीता रहेको थियो ।

बिद्यालयले बालबिवाह परियोजनामार्फत बिद्यालय अध्ययनरत बालबालिकाहरुका लागि शिक्षा स्वास्थ्य, भौतिक बिकासका विविध पक्षमा निरन्तर सहयोग र समन्वयकारी भुमिका निर्वाह गरे बाफत उच्च सम्मान गरिएको छ ।

Previous articleअनियमितताको जनगुनासोपछि प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको विवरण माग
Next articleडेढ करोड लागतमा निर्माण हुने भवनका लागि जनस्तरबाट सहयोग थपिंदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here