डेढ करोड लागतमा निर्माण हुने भवनका लागि जनस्तरबाट सहयोग थपिंदै

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामै नमूना भवनका रुपमा नेपालगञ्ज-१२ मा जेष्ठ नागरिक मिलन केन्द्र निर्माण गरिने भएको छ । करिब डेढ करोड रुपैयाको लागतमा निर्माण हुन लागेको सो भवनका लागि जनस्तरबाट सहयोग संकलन हुन थालेको छ ।

मंगलबार थप दुई लाख रुपैया बढि सहयोग सकलन भएको छ । १२ नम्बर वडाका स्थानीय गणेशराज पोखरेलले एक लाख एक हजार, सिटिजन बैंक नेपालगञ्जले एक लाख एक हजार र शिवराज बर्माले ११ हजार रुपैया सहयोग गर्नुभएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं-१२ को योजना अनुसार एक कट्ठा (चार हजार स्क्वायर फिट) मा निर्माण हुन लागेको भवन जेष्ठ नागरिकहरुका लागि सुबिधा सम्पन्न बनाइनेछ ।

१ करोड ४७ लाख लागत इस्टीमेट तयार भएको सो संरचनाका लागि वडा नं-१२ ले १० दश लाख छुट्याएको छ । आर्थिक वर्ष २०८०/८१ भित्र निर्माण सम्पन्न हुने सो भवनका लागि वडाले दश लाख रुपैया बिनियोजन गरेको वडाअध्यक्ष तरुण बज्राचायले जानकारी दिनुभयो ।

जेष्ठ नागरिक क्लबका अध्यक्ष अध्यक्ष अजित कुमार शर्माका अनुसार सार्वजनिक रुपमा सहयोगको आह्वान गरिएको छ । जो कोहीले सक्ने सहयोग भवनका लागि प्रदान गर्न सक्ने वडा अध्यक्ष बज्राचायले बताउनुभयो । भवन निर्माणका लागि नै यसअघि माननीय सुरेन्द्र हमालको २०७९/२०८० को संसदीय कोषबाट २० लाख रकम प्राप्त भएको छ ।

त्यस्तै वडाका समाजसेवी गोपाल मल्ल ठकुरीले पाँच लाख, रमेश कुमार श्रेष्ठ एक लाख एक हजार, प्रमोद जलानले ५१ हजार, कन्हैयालाल बैद्यले ३५ हजार, बिक्रम शाहले २१ हजार, राघव शाहले १५ हजार र राजन केसप्ले ११ हजार सहयोग रकम प्रदान गर्नुभएको छ ।

६० वर्षमाथिका जेष्ठ नागरिकहरुका लागि बहुउपयोगी भवनका रुपमा भवनको प्रयोग गरिने बताइएको छ । संरचना निर्माण सम्पन्नपछि यहाँ धार्मिक कार्य, योगा अभ्यास, सचेतनामूलक कार्यक्रम, सिक्ने सिकाउने कार्यक्रम गर्न सकिनेछ ।

जसका लागि यस भवनमा योगा हल, कार्यक्रम हल, बैठक हल, अध्यक्ष कोठा, आराम कक्ष लगायत उपयोगका लागि कोठाहरु समेत हुने वडाअध्यक्ष बज्राचायले बताउनुभयो ।

Previous articleहेण्ड बासिङ स्टेशन हस्तान्तरण
Next articleबैदेशिक रोजगारीका बिषयमा सामीद्धारा समुदास्तरमा परामर्श

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here