बैदेशिक रोजगारीका बिषयमा सामीद्धारा समुदास्तरमा परामर्श

नेपालगञ्ज । बाँकेमा संचालित सुरक्षित आप्रवासन (सामी) परियोजनाले बैदेशिक रोजगारीमा जानेहरुलाई सही सूचना लिई सीप सिकेर मात्र जान परामर्श दिँदै आएको जनाएको छ ।

बाँकेका चार वटा पालिकामा संचालित यस परियोजनाले खासगरी बैदेशिक रोजगारीको यात्रादेखि पुनः घर फर्किनेसम्मको चरणमा आवश्यक पर्ने कुराहरुका बारेमा सूचना प्रदान गरि सुरक्षित बनाउने कार्य गर्दै आएको छ ।

यस परियोजनाले मुख्यतया सूचनामा पहुँच, न्यायमा पहुँच, मनोसामाजिक परामर्श र वित्तीय साक्षरता सेवा प्रदान गरिरहेको सामाजिक परिचालन अधिकृत घनश्याम ओलीले जानकारी दिनुभयो ।

पत्रकारबीच गरिएको अन्तरक्रियामा प्रस्तुत तथ्याँक अनुसार बाँकेबाट गत आर्थिक बर्षमा ८ हजार ९७ जना विदेश गएको तथ्यांक देखिएको छ । यस्तै २०७९ साउन १ गतेदेखि २०८० जेठ ३२ गतेसम्मको तथ्यांक तथ्याँक अनुसार जिल्लामा आप्रवासी स्रोत केन्द्रबाट सूचना तथा परामर्श सेवा लिनेको संख्या चालू आर्थिक बर्षमा १० हजार १ छ ।

यस्तै रिटर्नी स्वयंसेवक परिचालनमार्फत घरभेट गरिएको संख्या ४४ सय ७६ रहेको छ । गत आर्थिक बर्षमा निःशुल्क कानुनी सेवा लिनेको संख्या २७३ रहँदा चालू आर्थिक बर्षमा ६१ रहेको छ ।

सामीले बाँकेको नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र बैजनाथ गाउँपालिकामा परियोजना लागु रहेको कार्यक्रम संयोजक कमलसिंह नेपालीले बताउनुभयो । २०६७ सालदेखि शुरु सामी कार्यक्रम अहिले मुलुकभरका ३८ जिल्लाका १५६ पालिकामा सञ्चालन भइरहेको छ ।

Previous articleडेढ करोड लागतमा निर्माण हुने भवनका लागि जनस्तरबाट सहयोग थपिंदै
Next articleआज हरिशयनी एकादशी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here