
नेपालगञ्ज । युवा उद्यमशिलता प्रवर्द्धनका लागि नेपालगञ्जमा युवाहरुसंग कार्यशालामार्फत छलफल गरिएको छ ।
आइ एल ओसँगको साझेदारीमा युवा संस्था सञ्जाल (आयोन) नेपालले र नेपालगञ्ज उपमहानगरपालिकासँगको सहकार्यमा संचालित सेल परियोजना अन्तर्गत आयोजना गरिएको कार्यशालामा सयबढि युवाहरूको सहभागिता रहेको थियो ।
बागेश्वरी बहुमुखी क्याम्पसका प्रध्यापक प्रमोद शुवेदीले उदमशिलता, उधमशिलताका विशेषता, आवश्यकता र सिर्जनशिलताको विषयमा सहजीकरण गर्नु भएको थियो ।
कार्यशालामा सहभागि १२ जना युवाहरुले व्यवसाय संचालनको लागि सिर्जनशिल विचारहरू प्रस्तुत गरेका थिए ।
जिल्ला युवा क्लव सञ्जाल बाँकेका सचिव राजन वर्माले सञ्चालन गर्नुभएको कार्यकममा आयोन लुम्बिनी प्रदेश उपाध्यक्ष आशिष बर्माले उद्देश्यबारे जानकारी गराउनुभएको थियो ।






