नेपालगञ्ज कारागारमा एक कैदी मृत भेटिए

सांकेतिक तस्बिर

नेपालगञ्ज । नेपालगञ्ज कारागारमा एक युवक जेल परेको १५ दिनमै कारागार भित्रै मृत फेला परेका छन् ।

जानकी गाउँपालिका वडा नं-६ का २३ वर्षीय निरज कुमार बानियाँ बिहीबार बिहान पाँच बजे कारागारको बाथरुममा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन ।

बानियाँ असार ५ गते मात्रै पक्राउ परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिनुभयो ।

२०७९ चैत्र २२ गते बाँके जिल्ला अदालतले डाँका चोरी मुद्दामा बानियालाई तीन वर्ष कैद र ३० हजार जरिवाना हुने फैसला सुनाएको थियो ।

त्यसयता फरार रहेका बानियाँ १५ दिन अगाडि मात्रै पक्राउ परेका हुन् । अहिले पोष्टमर्टमका लागि बानियाको शव नेपालगंजस्थित भेरी अस्पतालमा राखिएको छ ।

Previous articleनेपालगञ्ज-७ मा मानसिक रोग तथा लागू औषधसम्बन्धि निःशुल्क स्वास्थ्य परीक्षण
Next articleइन्टरप्राइजिग वोमन अफ द यएर-२०२३ बाट बिन्दु चर्ती पुरस्कृत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here