इन्टरप्राइजिग वोमन अफ द यएर-२०२३ बाट बिन्दु चर्ती पुरस्कृत

काठमाडौँ । नेपालगन्जकी पुष्प व्यवसायी बिन्दु चर्तीमगर इन्टरप्राइजग वोमन अफ द यएर-२०२३ अवार्डबाट पुरस्कृत हुनुभएको छ ।

शुक्रबार काठमाण्डौमा बिन्दुले लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै नगद ५१ हजार रुपैयाँसहित पुरस्कृत हुनुभएको हाे ।

स्ट्याण्डर चार्टर्ड बैंकको मुख्य प्रायोजनमा द बिजनेस एजले आयोजना गरेको अवार्ड कार्यक्रममा बिन्दुले बाँकेको पुष्प व्यवसायमा गरेको योगदानको कदर गर्दै उहाँलाई लुम्बिनीबाट पुरस्कृत गरिएको हो ।

बाँकेमा व्यवसायिक पुष्प खेतीको श्रेय बिन्दुलाई जान्छ भने विगत ८ वर्षदेखि चर्ति प्लोरा नामबाट उहाँले पुष्प बिक्री केन्द्र सञ्चालन गर्दै आउनुभएकाे छ ।

सुरुवाती चरणमा १० कठ्ठा क्षेत्रफलामा सयपत्री फूल उत्पादन सुरु गरेकी बिन्दुले हाल करिब ४० कठ्ठा क्षेत्रफलमा सयपत्री, मखमली, गोदावरी फूलहरू उत्पादन गर्दै आई रहनुभएकाे छ ।

त्यस्तै उक्त कार्यक्रममा सातवटै प्रदेशका १-१ जना महिला उद्यमीलाई नगद ५१ हजार रुपैयाँसहित पुरस्कृत गरिएको थियो ।

लुम्बिनीबाट बिन्दुसहित सुदूरपश्चिमबाट संगिता खड्का, कर्णालीबाट सिला नेपाली, गण्डकीबाट सुकुन रसाइली विक, बागमतीबाट अनुष्का श्रेष्ठ, मधेशबाट चनचला दास र काेशीबाट डिना प्रधान पुरस्कृत हुनुभएको छ ।

Previous articleनेपालगञ्ज कारागारमा एक कैदी मृत भेटिए
Next articleसगरमाथा ज्ञानपुञ्जमा सरस्वती मन्दिर निर्माण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here