सगरमाथा ज्ञानपुञ्जमा सरस्वती मन्दिर निर्माण

बाँके । आर्थिक संकलन गरेर कोहलपुरको सगरमाथा ज्ञानपुञ्ज माध्यमिक विद्यालयमा सरस्वती माताको मन्दिर निर्माण गरिएको छ ।

कोहलपुर नगरपालिका-४ पशुपतिनगरमा रहेको विद्यालयले चन्दा संकलन गरेरै सरस्वती माताको मन्दिर स्थापना गरेको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन पौड्यालले विभिन्न व्यक्ति र संस्थाहरू सहयोग संकलन गरेर मन्दिर निर्माण गरिएको बताउनुभयाे ।

‘विद्यालयमा विद्याकी देवी सरस्वती माताको मन्दिर थिएन् । चन्दा संकलनबाटै मन्दिर स्थापनाको पहल थालेका थियौं । सफल पनि भयौं । खुसी लागेको छ,’ उहाँले भन्नुभयाे, ‘यो कार्यमा साथ दिने सबैलाई मेरो व्यक्तिगत र विद्यालयको तर्फबाट धन्यवाद दिन चाहान्छुँ ।’

विद्यालय परिसरमा स्थापना गरिएको सरस्वती मन्दिरको बिहीबार उद्घाटनसमेत गरिएको छ । उक्त मन्दिरको एक कार्यक्रमका बीच लुम्बिनी प्रदेश सांसद कृष्णा केसी (नमुना) ले उद्घाटन गर्नुभएकाे थियाे ।

सो अवसरमा बोल्दै उहाँले विद्यालयको भौतिक तथा शैक्षिक सुधारका लागि आफूले सक्ने सहयोग गर्ने बताउनुभयाे ।

‘मेरो निर्वाचन क्षेत्र यहाँ नभए पनि मेरो घर र मत हाल्ने क्षेत्र चाहिँ यही नै हो,’ सांसद नमुनाले भन्नुभयाे, ‘कोहलपुरको विकासमा मेरो सधैं चासो र चिन्ता रहन्छ । आफ्नो ठाउँबाट गर्ने सहयोग म गर्छुँ ।’

विद्यालयको भौतिकसँगै शैक्षिक गुणस्तरसमेत राम्रो हुनुपर्नेमा उहाँले जोड दिनुभयाे । विद्यालयलाई यस क्षेत्रकै उत्कृष्ट सामुदायिक विद्यालय बनाउनुपर्ने सांसद नमुनाले बताउनुभयाे ।

विद्यालयका प्रअ मोहन चौधरीले तीन लाख २२ हजार दुई सय ४९ रूपैयाँमा सरस्वती मन्दिर निर्माण सम्पन्न भएको जानकारी दिनुभयाे ।

‘सबैबाट सहयोग संकलन नै गरेर मन्दिर स्थापना भएको हो,’ उहाँले भन्नुभयाे, ‘विद्यालय परिसरमै विद्याकी देवी सरस्वती माताको मन्दिर निर्माण भएपछि विद्यार्थीहरूलाई समेत सहज हुन्छ ।’

सो अवसरमा मन्दिरमा स्थापना सहयोग गर्ने विभिन्न व्यक्तिहरूलाई दोसल्ला ओढाएर सम्मानसमेत गरिएको थियो । कार्यक्रममा अभिभावक, शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समितिका सदस्यलगायत उपस्थित रहेका थिए ।

Previous articleइन्टरप्राइजिग वोमन अफ द यएर-२०२३ बाट बिन्दु चर्ती पुरस्कृत
Next articleमनिष सिसोदियाकाे सम्पत्ति जफत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here