मनिष सिसोदियाकाे सम्पत्ति जफत

नयाँ दिल्ली । प्रवर्तन निर्देशनालयले शुक्रबार दिल्लीका पूर्वउपमुख्यमन्त्री मनिष सिसोदियासहित अन्यको सम्पत्ति अस्थायी रूपमा जफत गरेको छ । 

प्रवर्तन निर्देशनालयले मनिष सिसोदिया, अमनदीप सिंह ढल, राजेश जोशी, गौतम मल्होत्रा ​​र केहि अन्य व्यक्तिहरूले दिल्ली रक्सी घोटाला मामिलामा करिब ५२.२४ करोड भारतीय रुपैयाँको सम्पत्ति जफत गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएको हो ।

निर्देशनालयका अनुसार यस मामिलामा अहिलेसम्म १२८.७८ करोड रुपैयाँको सम्पत्ति र अन्य चीजहरू जफत गरिएको छ ।

यता आम आदमी पार्टीले भने निर्देशनालयसँग सिसोदियाको विरुद्ध कुनै प्रमाण नभएकाले उनीहरूले उनको दुईवटा सम्पत्ति जफत गरेको आरोप लगाएको छ । 

यीमध्ये एउटा फ्ल्याटमा उनले २००५ मा वसुन्धरा, गाजियाबादमा ५ लाख रुपैयाँमा र अर्को २०१८ मा ६५ लाख रुपैयाँमा दिल्लीको मयुर विहारमा किनेका थिए । यी दुवै फ्ल्याट दिल्लीको अन्तःशुल्क नीति लागू हुनुभन्दा केही वर्षअघि नै किनेको पार्टीको भनाइ छ ।

दिल्लीको आम आदमी पार्टी सरकारकी मन्त्री आतिशीले मनिष सिसोदियाको करोडौँको सम्पत्ति जफत गरिएको छ भनेर दुष्प्रचार भइरहेको छ ।

उनले एक भिडियो जारी गर्दै ईडीको 3 जुलाईको आदेश अनुसार मनिषको एउटा बैंक खाता र दुईवटा फ्ल्याट जफत गरिएको बताएकी छन् । उनको बैंकमा ११ लाख रुपैयाँ छ ।

अर्कोतर्फ प्रश्नमा रहेका दुई फ्ल्याटमध्ये एउटाको मूल्य ५ लाख र अर्कोको ६५ लाख रुपैयाँ छ । ‘मनिष सिसोदियाको कूल सम्पत्ति ८१ लाख रुपैयाँ छ ।

यो स्पष्ट छ कि भाजपा र प्रधानमन्त्रीले झूट फैलाइरहेका छन् । किनभने आम आदमी पार्टीका नेताहरू जेल गए पनि भाजपामा सामेल हुँदैनन्,’ उनले भनिन् । 

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पनि ट्विट गर्दै भनेका छन्, ‘प्रधानमन्त्रीज्यू, तपाईंले मनिष सिसोदियाविरुद्ध केही फेला पार्नुभएन, त्यसपछि ईडीमार्फत मनिषलाई बदनाम गर्न थाल्नुभयाे?`

Previous articleसगरमाथा ज्ञानपुञ्जमा सरस्वती मन्दिर निर्माण
Next articleबैजनाथमा ३९ औ जिल्ला स्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here