बैजनाथमा ३९ औ जिल्ला स्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी

प्रहलाद विश्वकर्मा । नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजनामा ३९औं जिल्ला स्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी बैजनाथ गाउँपालिकामा शुक्रवार सम्पन्न भएको छ ।

गोष्ठीको उद्घाटन गर्दै बैजनाथ गाउँपालिका उपाध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि निर्मला रोकायले विपद् व्यवस्थापनका क्षेत्रमा पालिकाले रेडक्रससंग सहकार्य गर्दै आएको बताउदै विद्यालय स्तरबाट बालबालिकाहरुमा मानवताको भावना विकास गर्न शिक्षकहरुलाई अनुरोध गर्नु भयो ।

उहाँले जुनियर तथा युवा कार्यक्रमलाई सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । नेपाल रेडक्रस सोसाइटी बैजनाथ उपशाखाको आतिथ्यतामा सम्पन्न गोष्ठीलाई सफल गर्न बैजनाथ गाउँपालिकाले आर्थिक सहयोग गरेको छ ।

कार्यक्रममा जिल्ला स्तरीय प्रतियोगिताका विजेताहरुलाई प्रमुख अतिथि र अतिथिहरुले प्रमाण पत्र तथा पुरस्कार वितरण गर्नु भएको थियो । जिल्ला शाखा आयोजना तथा सर्कलहरुको आतिथ्यतामा निबन्ध, कविता र चित्रकला प्रतियोगिता सम्पन्न भएको थियो ।गोष्ठीको बन्द सत्रमा शैक्षिक सत्र २०८० का लागि ४०औं जिल्ला स्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी, प्रधानाध्यापक तथा शिक्षक नायक गोष्ठी, निबन्ध, कविता, हाजिरी जवाफ र चित्रकला प्रतियोगिता आयोजना गर्ने योजनातर्जुमा गरिएको छ ।

कार्यक्रममा ३५ वटा जुनियर तथा युवा रेडक्रस सर्कलका शिक्षक नायक, विद्यार्थी, रेडक्रस उपशाखाका सभापति एवं प्रतिनिधि, जिल्ला कार्यसमितिका मन्त्री अजीज अहमद सिद्दिकी, उपमन्त्री तेजबहादुर सुवेदी, सदस्य यज्ञनारायण शर्मा, मीनबहादुर मल्ल र जुनियर तथा युवा रेडक्रस समितिका सदस्यहरुको सहभागिता रहेको थियो ।

नेरेसो जुनियर तथा युवा रेडक्रस समितिका संयोजक यमनारायण महतोका अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य नेरेसो बैजनाथ उपशाखाका सभापति प्रकाशचन्द्र चौधरी, कार्यक्रमको उद्देश्यमाथि प्रकाश रेडक्रस बाँकेका उपनिर्देशक दोलखबहादुर डाँगी, उपशाखाको तर्फबाट नेरेसो सदरलाइन उपशाखाका सभापति ओमप्रकाश आजाद, शिक्षक नायकको तर्फबाट सम्झना आधारभूत विद्यालयका शिक्षक नायक सन्तकुमार थारु लगायतले विचार व्यक्त गर्नु भएको थियो ।

गोष्ठीको सहजीकरण नेरेसो बाँके शाखाकी बरिष्ठ संगठन विकास अधिकृत निरञ्जना मल्ल, कार्यक्रम अधिकृत प्रहलाद विश्वकर्मा र लेखा अधिकृत झवीलाल शर्माले गर्नु भएको थियो ।

Previous articleमनिष सिसोदियाकाे सम्पत्ति जफत
Next articleएस.ई.ई.नतिजापछि विद्यार्थीलाई शिक्षककाे पत्र…

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here