एस.ई.ई.नतिजापछि विद्यार्थीलाई शिक्षककाे पत्र…

प्रिय विद्यार्थी, सम्झना एवं बधाई

गत शुुक्रबार राष्ट्रिय परिक्षा बोर्डले २०७९ सालको एस.ई.ई.परिक्षाको नतिजा प्रकाशित गरि ४ लाख भन्दा धेरै विद्यार्थी तथा अभिभावकको तिव्र पर्खाइको घडी अन्त्य गर्यो ।

सर्व प्रथम त तिमिलाई हार्दिक बधाइ तथा आमा बुुबालाई पनि बधाई छ । तिमि अचम्म परेका हौला, म GPA २.५० ल्याएकोमा सबैले नतिजा राम्रो भएन भनिरहेको बेला सरले बधाइ किन भन्यो भनेर ।

हो तिम्रो छर छिमेकका धेरै बिद्यार्थीले राम्रो GPA ल्याएका छन होला अझै कतिपयत तिमिले सिकाउने साथीभाइहरु तिम्रो भन्दा धेरै न्एब् ल्याएका छन ।

तिमिले अरुको GPA धेरै आयो भनेर चिन्ता गर्नुु पर्दैन किनकी तिमिलाई कक्षा ११ र १२ मा तिम्रो रुचिको बिषय अध्ययन गर्न रोकावट हुुदैन र तिमिले राम्रोसँग उच्च शिक्षा आध्ययन गरेर एउटा राम्रो जनशक्ति बन्न कसैले तिमिलाई रोक्न सक्दैन ।

मैले यति भन्दै गर्दा तिमिले मलाई झुुट सम्झिरहेका छौ होला, किनकि मैले कक्षामा भन्ने गरेको बिद्यार्थीले चोर्नुु हुुँदैन, अरुका बुद्धीले राजा बन्नुु भन्दा आफ्ना बुुद्धीले सर्वसाधारण बन्नुु बेस, आफ्नो क्षमतामा विश्वास गर्नुु पर्दछ, जस्ता कुुराहरु अहिले तिमिलाई झुुठ लागिरहेका होलान् ।

हो तिमिले मैले भनेकै कुुरा अनुुसरण गर्दा अहिले एस.ई.ई.को नतिजापछि तिम्रो नतिजालाई कमजोर भनेर तुुलना गर्ने तथा आलोचना गर्ने काम भइरहेको होला । तर म अझै पनि भन्दछुुु परिक्षाको GPA नत गुुणस्तरको मापन गर्दछ, नत तिम्रो सफलताको कडी त्यही GPA मात्र हो ।

तिमिलाइ थाहा त छ, एस.ई.ई.को परिक्षाहलमा के कसरी परिक्षा भएको थियो । तसर्थ तिमिले हतोत्साही हुुनुु पर्ने कुुनै कारण छैन ।

जसरी पनि GPA धेरै ल्याउनुु पर्दछ भन्ने मानसिकताले व्यक्तिगत तथा संस्थागत तवरले गरिने गलत प्रयत्नले कालान्तरमा तिमिहरु जस्तै आफ्नो क्षमतामा विश्वास गर्ने विद्यार्थीको नै महत्व बढ्ने हो किनकि अध्यारोमा चम्किने असली हिरानै हो ।

अब उच्च शिक्षाको लागि बिषय तथा बिद्यालय छनौटमा राम्रो हेक्का पुुर्याएर छनौट गर्ने छौं । अरुको लहैलहैमा होइन आफ्नो रुचिलाई ध्यान दिएर अध्ययन गर्ने बिषय छनौट गर्नुु । नेपालमा शिक्षामा पनि राम्रै व्यापार गर्ने जमात छ ।

नतिजापछि मात्रै व्यवसायिक मानसिकता भएका ब्यक्तिहरु व्यापार फस्टाउन एजेन्ट परिचालन गरेर विभिन्न आकर्षक विज्ञापन तथा प्रलोभन दिएर तिम्रो घरसम्म आउन सक्छन ।

सकेसम्म आफ्नो घर नजिक आफुुले रोजेको बिषय अध्यापन हुुने बिद्यालय छ भने तिमिले नजिकको बिद्यालयलाई प्राथमिकता राख्नुु किनकी टाढा जादा धेरै समय जादा र आउदा नै व्यतित हुुन्छ ।

बिद्यालय छनौट गर्दा सिकाइलाई महत्व दिने विद्यालय छनौट गर नकी नतिजालाई मात्र । जसरी पनि उतिर्ण गराउने र त्यसका लागि जे पनि गर्ने र मात्रै व्यवसायिक मानसिकता राख्ने विद्यालयहरु पहिचान एस.ई.ई.नतिजापछि विद्यार्थीलाई पत्र चनाखो बन्नुु ।

बिद्यालय छनौट गर्नुुभन्दा अघि अभिभावकसँग आफै भिजिट गरेर बर्ष भरि तिर्नुुपर्ने शुुल्कको विवरण लिखित रुपमा मागेर राख किनकि अहिले भर्नाको बेला धेरै प्रलोभन देखाउने र पछि शुुल्क असुुल्ने व्यवहारबाट जोगिनका लागि यो आवश्यक छ ।

विद्यालयका ल्याब, कक्षा कोठा, पुुस्तकालय आदि हेर्न बिर्षने छैनौ । विद्यालय सञ्चालक तथा शिक्षकहरुको टिमसमेत बुुझ्न अभिभावकलाई लिएर विद्यालयमा जानुु ।

लसकेसम्म पठन पाठन तथा विद्यालय सञ्चालन, पोषाक आदि सम्बन्धमा कडा नीति नियम भएको बिद्यालय छनौट गर्दा पठन पाठनको लागि राम्रो शान्त वातावरण मिल्न सक्छ । यति भन्दै तिम्रो उज्जवल भविष्यको कामना सहित अहिलेलाई बिदा ।

तिम्रो शुुभचिन्तक शिक्षक
बाबुुराम अधिकारी , कोहलपुुर

Previous articleबैजनाथमा ३९ औ जिल्ला स्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी
Next articleनेपालगञ्जको आर्थिक वर्ष २०८०/८१ को बजेट र नीति तथा कार्यक्रम पारित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here