
नेपलागञ्ज । भारतीय आयल निगम (आइओसी) ले पेट्रोलियम पदार्थको नयाँ सूची पठाएको छ ।
आइओसीले पेट्रोलमा ३४ पैसा घटाएर र डिजेलमा २.४७ पैसा बढाएर पठाएको नेपाल आयल निगम (एनओसी) का प्रवक्ता मनोज कुमार ठाकुरले जानकारी दिनसभएको छ ।
नयाँ दर आएपनि एनओसीले यहाँको लागि कायम हुने मूल्य सार्वजनिक गर्न बाँकी छ । गत असार १८ बाट एनओसीले मुलुकभर पेट्रोलियम पदार्थको बहुदर कार्यान्वयनमा ल्याएको छ ।
चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा हाल भाउ १६७ रूपैयाँ ५० पैसा प्रतिलिटरमा कारोबार भइरहेको छ । यो क्षेत्रमा डिजेल र मट्टीतेल १४७ रूपैयाँ ५० पैसाका कारोबार भइरहेको छ ।
सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको १६९ रूपैयाँ प्रतिलिटर, डिजेल र मट्टीतेल १४९ रूपैयाँमा कारोबार भइरहेको छ । काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको १७० रूपैयाँ प्रतिलिटरमा कारोबार भइरहेको छ ।
यो क्षेत्रमा डिजेल र मट्टीतेल प्रतिलिटर १५० रूपैयाँमा कारोबार भइरहेको छ । भारतीय आयल निगम (आइओसी) ले १५/१५ दिनमा नयाँ मूल्य सूची पठाउँछ ।





