
नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले आजदेखि २४ औं घण्टा निःशुल्क एम्बुलेन्स सेवा संचालनमा ल्याएको छ ।
साउन १ गते सोमबार उपमहानगरपालिका कार्यालयमा एक औपचारिक कार्यक्रममार्फत निःशुल्क एम्बुलेन्स सेवा संचालनमा ल्याइएको हो ।
उपमहानगरपालिकाभित्र गरिब, असहाय, प्रसूति सेवा लिने महिला, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र आकस्मिक सेवाका बिरामीलाई घरदेखि अस्पतालसम्म पु¥याउन निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिनेछ ।
बिरामीहरूलाई अस्पतालसम्म सरल र सहज पहुँचका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको नगर प्रमुख प्रशान्त विष्टले बताउनुभयो ।
आकस्मिक बिरामीहरूलाई निःशुक्ल एम्बुलेन्स सेवाले ठुलो राहत पुग्ने उपप्रमुख कमरुद्दिन राईले बताउनुभयो । सेवा प्रदान गर्न नेपालगन्ज उपमहानगरपालिका कार्यालयभित्र ३ वटा एम्बुलेन्स स्ट्याण्डबाई रहने छन् ।





