
नेपालगञ्ज । आजदेखि साउन महिना शुरु भएको छ । हिन्दु धर्ममा यो महिनालाई बिशेष मानिएको छ ।
बिशेषगरी यो महिनामा पर्ने सोमबारलाई बिशेष दिन मानेर पुजा आजा गर्ने गरिन्छ ।
साउनको पहिलो सोमबार नेपालगञ्जस्थित बागेश्वरी मन्दिरमा भक्तजनहरूको घुइँचो लागेको छ ।
तिथिअनुसार अघिल्लो सोमबार नै साउने सोमबार भएपनि साउन महिना भने आजदेखि शुरू भएको हो ।
साउने सोमबारमा धेरै हिन्दु महिलाहरू व्रत बस्ने, मन्दिर गएर पूजाआजा गर्ने गर्छन् । तस्बिर : शैलेन्द्र गौतम (निर्मोही)












