नेपालगञ्ज जेसिजद्धारा होटेल म्यानेजमेन्ट सम्बन्धी दुई दिने तालिम प्रदान

नेपालगञ्ज । नेपालगञ्ज जेसिजले नेपालगञ्जमा दुई दिने होटल म्यानेज्मेट तालिम सम्पन्न गरेको छ । तालिमको संयोजक जेसीस आदित्य गुप्ताका अनुसार युवाहरुलाई होटल म्यानेज्मेट सम्बन्धी जानकारी प्रदान गर्न तालिम संचालन गरिएको हो ।

तालिममा होटल म्यानेजमेन्ट अन्तर्गत ग्राहकलाई सेवा दिने तौरतरिका, कोठाहरुको व्यवस्थापन, पाहुनाहरूसँगको व्यवहार, वेटरहरूमा हुनुपर्ने गुण, खानाको प्रकारबारे सिकाइएको थियो ।

कार्यक्रममा नेपालगन्ज जेसीस वर्ष २०२३ का अध्यक्ष रोशन केसी, महासचिव मोहित, तालिमका सहसंयोजक लक्ष्मण पन्थी लगायतको उपस्थिति रहेको थियो ।

Previous articleनिर्माण कामको जाँच र कारबाहीको माग गर्दै प्रदेश खेलकुदमा तालाबन्दी
Next articleनेपालगञ्ज-४ मा शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र संचालन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here